साउदी अरबमा ३७औं मगर एकता दिवस सम्पन्न बिभिन्न सांगितिक कार्यक्रमका साथ शुभकामना आदान प्रदान

शुक्रबार, फाल्गुन २४, २०७५

एन ए मिडिया न्युज डेस्क

साउदी अरबमा ३७औं मगर एकता दिवस सम्पन्न बिभिन्न सांगितिक कार्यक्रमका साथ शुभकामना आदान प्रदान

दम्माम, साउदी अरब

नेपाल मगर संघ, शाखा साउदी अरब द्बारा एेतिहासिक दिन फागुन १५ को अवसरमा ३७औं मगर एकता दिवस शुभकामना आदान प्रदान तथा बिभिन्न सांगितिक कार्यक्रमको आयोजना गरि भब्यताका साथ सम्पन्न गरेको छ।उक्त कार्यक्रम अल खोबर स्थित गल्फ दरबार होटेलको सभाहलमा सम्पन्न भएको हो।

नेपाल मगर संघ,शाखा साउदी अरबका संरक्षक प्रेम सिंजाली मगरको सभापतित्वमा संचालन भएको उक्त कार्यक्रमका प्रमुख अतिथी नेपाल सरकारका साउदीका लागी लेबर कन्सुलर अम्बिका प्रसाद अधिकारी थिए भने विशिष्ठ अतिथिहरुमा सरिता भट्टराई, याश्मिन बेगम सैयद,तुलसी गुरुङ लगायतका ब्याक्तित्व हरु रहेका थिए।बिभिन्न संघ संस्थाका प्रतिनिधिहरु,ब्यबसायी पत्रकार,कलाकार तथा अन्य नेपालीहरुको बाक्लो उपस्थिती रहेको थियो।

शुभकामना मन्तब्यका क्रममा तमुधि प्रबास शाखा साउदी अरबकी उपाध्यक्ष तथा बरिष्ठ समाजसेवी तुलसी गुरुङ गत हप्ता दिदि बहिनी समुहले आयोजना गरेको नारी दिवसको कार्यक्रम प्रति नकारात्मक टिप्पणी गर्नै हरु प्रति खरो रुपमा प्रस्तुत भएकी थिईन।आफू चुप लागेर बसे सम्पूर्ण दिदि बहिनीहरु हेपीनु पर्ने हुनाले बोल्नु परेको आक्रोशित हुदै गुरुङले बताईन साथै दिदि बहिनी समुह द्वारा आयोजित कार्यक्रमबाट बचेको रकम ५ सय साउदी रियाल बिरुवा न पा स्याङ्जाकी अपाङ्ग महिला दिल मया गुरुङ सहयोगार्थ हस्तान्तरण गरिन।

उक्त कार्यक्रमका प्रमुख अतिथी तथा साउदीका लागी लेवर कन्सुलर अम्बिका प्रसाद अधिकारीले फागुन १५ को सम्झनामा मगर समाजलाई तथा अन्तराष्ट्रिय नारी दिवसको शुभकामना पनि दिए। उनले मगर एउटा सभ्यता हो र नेपालको एकिकरणमा मगरको ठूलो भुमिका रहेको पनि बताए। गरिबी र अशिक्षा नेपाली हरुको समस्याको जड रहेको बताए पनि अधिकारीले बताए।दुताबासले गरेन भनेर दोष लगाउनु भन्दा अगाडी आफै सचेत भएर कानुनको उल्लङ्घन नगरिदिन नेपाली समुदायलाई आग्रह गरे।

शुभकामना दिने क्रममा एनआरएनए गल्फ महिला उप संयोजक याश्मिन बेगम सैयदले बाक्लो महिलाहरुको उपस्थितीलाई उत्साहजनक रुपमा लिदै १०९ औं अन्तराष्ट्रिय नारि दिवसको उपलक्ष्यमा शुभकामना ब्याक्त गरिन।

सांगितिक र नृत्य समेत रहको उक्त कार्यक्रममा तमुधि प्रवास शाखाका अध्यक्ष खेम गुरुङले फुक्ल्यानको टापुबाट बोलको गितमा अत्यान्तै राम्रो अभिनय गरेर दर्शकहरुलाई मन्त्रमुग्ध पारेका थिए भने अन्य थुप्रै कलाकारहरुले पप, लोक गित तथा नृत्य प्रस्तुत गरेका थिए।

औपचारिक तथा सांगितिक गरि कार्यक्रम २ चरणमा संचालन गरिएको थियो भने दुबै चरणका कार्यक्रम नेपाल मगर संघ, शाखा साउदी अरबका प्रमुख सल्लाहकार खेम गर्बुजा मगरले संचालन गरेका थिए।एन ए मिडीयाले उक्त कार्यक्रमको प्रतक्ष्य प्रसारण पनि गरेको थियो। कार्यक्रमको अन्त्यमा कलाकारहरुलाई प्रमाणपत्र तथा मायाको चिनोले सम्मान गरिएको थियो।

कार्यक्रम का केहि तस्बिरहरु:

सम्बन्धित

Related Posts

तपाईको प्रतिक्रिया

प्रतिकृया दिनुहोस

Your email address will not be published. Required fields are marked *


पोपुलर


Copyright © 2015 ::NA Media Pvt. Ltd.::