साउदी अरब राहदानी नविकरण अस्थायी शिविर ८४३ नेपाली लाभान्वित

शनिबार, माघ ३, २०७७

साउदी अरब राहदानी नविकरण अस्थायी शिविर ८४३ नेपाली लाभान्वित

कोभिड-१९ को प्राभाव संगै साउदी अरबले नेपाली समुदाय दुतावास सम्म पुग्न नसक्ने अहसज परिस्थितिलाई मध्य नजर गरि ल्याएको योजना अनुरुप साउदी अरवका सबै क्षेत्रका स्थानीय स्तरमा नै पुगी नेपाल दुतावास रियाद साउदी अरब र गैर आवासीय नेपाली संघ (NRNA) को सहकार्यमा राहदानी नविकरण अस्थायी शिविरको आयोजाना भई रहेको छ ।

१५ जनवरी २०२१ सुक्रवार साउदी अरबको पूर्वी क्षेत्रको जुबेल स्थित नेपाली एभरेस्ट रेस्टुरेन्टमा आठवो हप्ताको राहादानी नवीकरण अस्थायी शिबिर सम्पन्न भएको छ । यस अघि जुवेल र सोही स्थानमा पनि शिविर संचालन भैसकेको थियो । हाल सम्हन कुल ८४३ नेपाली नागरिक अस्थाई शिविर बाट लाभान्वित भएको को जानकारी NRNA ले आफ्नो आधिकारिक पेज बाट जनाएको छ।

उक्त शिविरमा दुतावासका तर्फबाट तृतीय सचिव बल राम पाण्डे , दुतावासका प्रतिनिधि सरोज अधिकारी र दुतावासका पूर्वी क्षेत्रका प्रतिनिधि हरि घिमिरेको उपस्थित रहेको थियो भने स्वयम् सेवकको रुपमा गैर आवासीय नेपाली संघका अध्यक्ष तेज थापा , आई सी सी सदस्य तथा मध्य पूर्वका उप-संयोजक राजेन्द्र अर्याल , संरक्षक राजु सैयद, उपाध्यक्ष रोशन कुमार श्रेष्ठ ,सचिव उमेश भट्टाराई पदम महत, ओम कुमाल, लगाएत अन्य सदस्य हरु को पनि उपस्थिति रहेको एन ए मिडिया लाइ विशेष अनुरोध मा ओम कुमाल जी ले जानकारी दिनु भयो।

गैर आवासीय नेपाली संघ तथा नेपाली दुतावास को सहकार्य ले नेपाली हरुमा निकै राहत पुगेको नेपाली जनमानस ले आफ्नो धारणा वेयक्त गरेका छन्।

सम्बन्धित

Related Posts

तपाईको प्रतिक्रिया

प्रतिकृया दिनुहोस

Your email address will not be published. Required fields are marked *


पोपुलर


Copyright © 2015 ::NA Media Pvt. Ltd.::