
सोमवार, पुस ६, २०७७
एन.मिडिया न्युज डेस्क
साउदी अरब ले एक हप्ता हवाई उडान बन्द गरेको छ।युरोपेली मुलुकहरु मा पछिल्लो दिन मा कोरोना भाईरस संक्रमण को दोश्रो लहर देखिए संगै भाईरस बाट आफ्नो मुलुक लाई बचाउन सुरक्षात्मक उपाय स्वरुप साउदी ले ब्यबसायिक हवाई उडान साथै समुद्री सिमाना समेत बन्द गर्ने निर्णय गरेको हो।
साउदी प्रेस एजेन्सीले आन्तरिक मन्त्रालयको आधिकारिक स्रोतको उद्धृत गर्दै आइतवार सुचना सार्बजनिक गरेको थियो।
सुचना अनुसार नागरिकहरूको स्वास्थ्य र सुरक्षा सुनिश्चित गर्नका लागि सावधानी अपनाउने उपायहरूको एक हिस्सा स्वरुप अन्तर्राष्ट्रिय उडान स्थगित गरिएको हो साथै स्वास्थ्य मन्त्रालय ले महामारीसम्बन्धी घटनाक्रमको मुल्यांकनको आधारमा अबलम्बन गरिएका उपायहरूको पुनरावलोकन गरिनेछ।
Copyright © 2015 ::NA Media Pvt. Ltd.::
तपाईको प्रतिक्रिया