एनएनसी लाइसेन्स भएका नर्सिंगका नयाँ स्नातकहरु लाई समेत अवसर.......
नेपाल मा सामान्यतया नर्सहरु विदेश जाँदा प्राय गन्तब्य मुलुकको रुपमा अमेरिका,बेलायत,अस्ट्रेलिया लाई लिइने गरिन्छ। पछिल्लो समय सो भाष्य मा केहि फरक देखिन थालेको छ ।खाडी मुलुक साउदी अरब नेपाली नर्सहरु को लागी रोजगारीको हबको रुपमा बिकसित हुदै गएको देखिन्छ। साउदी अरब मा मुख्यालय रहेको मल्टि नेसनल हस्पिटल ग्रुप द्वारा संचालित डा. सुलिमान अल हबिब हस्पिटल ग्रुप एचएमजीले २०० नेपाली नर्सहरु को माग गरेको छ ।हस्पिटल मा हाल ४० जना नर्सहरु कार्यरत रहेका छन। साउदी अरब मा नेपाली नर्सहरु पठाउन अग्रणी देखिएको मनास्लु इन्टरनेशनल सर्भिस ले बुधबार काठमाडौं मा पत्रकार सम्मेलन आयोजना गरि नेपाली नर्सहरु को लागी आएको माग सम्बन्धमा जानकारी दिएको थियो। डा.सुलेमान अल हबिब हस्पिटल समुह खाडी मुलुकहरु मा आफ्नो उत्कृस्ट स्वास्थ सुबिधा पूर्वाधार र सेवाको साथै कार्यरत कर्मचारीहरूको लागि उत्कृष्ट काम गर्ने वातावरण प्रदान गर्न र ब्यबसायिकता को लागि प्रसिद्ध रहेको छ। डा.सुलेमान अल हबिब हस्पिटल समुहका उपाध्यक्ष प्रा डा. मजिद नेपाल आउंदै गरेको र २० मे २०२३ मा उच्चपदस्त सरकारी अधिकारी,बिभिन्न अस्पताल र कलेजहरूसँग भेटघाट गर्ने योजना रहेको जनाईएको छ। मनास्लु इन्टरनेशनल सर्भिसेस का मेनेजिंग डाइरेक्टर बाल कृष्ण श्रेष्ठ ले पत्रकार सम्मेलन मा दिएको जानकारी अनुसार नर्सहरूको लागि भिसा लागत, सरकारी शुल्क, ज्वाइनिङ टिकट र अन्य खर्च पनि अस्पतालले नै व्यहाेर्नेछ । हस्पिटलमा कामका लागि जान चाहने नर्सहरुले डकुमेन्ट खर्च बाहेक अन्य खर्च व्यहोर्न नपर्ने जानकारी दिदै श्रेष्ठ ले एक वर्षको आउन जान टिकट,आवास , शतप्रतिशत कभर मेडिकल इन्स्योरेन्स उपलब्ध हुने जनाए । रोजगारी मा जाने नर्सहरुले मासिक तलब सुबिधा १ लाख २० हजारदेखि २ लाख पाउने श्रेष्ठले जानकारी दिए । पत्रकार सम्मेलनमा मेनेजिंग डाइरेक्टर श्रेष्ठ ले नर्सिङमा आफ्नो करियर सुरु गर्ने उत्कृष्ट अवसर रहेको जनाउदै नेपालमा रोजगारीको अवसर नपाएपछि विदेसिन बाध्य भइरहँदा अष्ट्रेलिया, वेलायत, अमेरिकामा जान लाखौं खर्चन परिरहेकाे अवस्थामा साउदीमा सामान्य खर्चमा विश्व स्तरीय अस्पतालमा बहुमूल्य अनुभव प्राप्त गर्ने राम्राे अवसर रहेकाे बताए । साउदी अरब को सरकारी मापदण्ड अनुसार साउदी अरबमा नर्सको रुपमा काम गर्न योग्य हुन् एक बर्षको क्लिनिकल अनुभब हुनु पर्ने प्राबधान रहेको छ जसमा नयाँ प्राबधान अनुसार अब एनएनसी लाइसेन्स भएका नर्सिंगका नयाँ स्नातकहरु लाई समेत अवसर प्रदान गर्न गई रहेको पत्रकार समेलन मा जानकारी दिईएको थियो। पत्रकार सम्मेलन मा हाल साउदीको अस्पतालहरुमा कार्यरत नर्सहरुकाे पनि सहभागिता थियाे । उनीहरुले आफ्नो अनुभब साझा गर्दै साउदी अरब नेपाली नर्सहरु को लागि आफ्नो क्यारियर बिकासको हिसाब ले ,सिकाईको हिसाब ले,अवसर को हिसाब ले,सुरक्षाको हिसाब ले,कर रहित आम्दानीको हिसाब ले उत्कृस्ट गन्तब्यको रुपमा रहेको जनाउदै,साउदी अरबमा कार्यरत रहदा सन्तुस्ट रहेको जनाए । पछिल्लो समय साउदी अरबमा नेपाली नर्सहरु देखि डाक्टर लगायत अन्य स्वास्थकर्मीहरु को समेत उपस्थिति बाक्लिदै गएको देखिन्छ र बिभिन्न हस्पिटल,पोलिक्लिनिक,क्लिनिक लगायत स्वास्थ संस्थाहरु मा ६०० जनाको हाराहारीमा नेपाली नर्सहरु कार्यरत रहेको पत्रकार सम्मेलन मा जनाइएको थियो ।
सम्बन्धित
Related Posts
रेमिटेन्स अनुत्पादक क्षेत्रमा लगानी भयो भन्नुु गलत
साउदीको रियाद र दमाममा उडानको तयारीमा नेपाल एयरलाइन्स
चिकित्सा शिक्षामा ४५ प्रतिशत आरक्षण लागू गर्न सर्वाेच्चको आदेश
कोरोना भाइरस साँच्चै डरलाग्दो कि मेडिकल कर्पोरेटको हल्ला ?
बिदेश स्थित नियोगको समन्वयमा अन्तर्राष्ट्रिय एयर्लाईन्सहरु मार्फत समेत चार्टर फ्लाईट हुने बाटो खुल्यो,भाडादर सरकार ले तोक्ने
१४ खर्ब ७४ अर्ब ६४ करोड रुपैयाँको बजेट (पूर्ण पाठसहित)
साउदी,मलेसिया,यूएई र बहराइन दुताबास लाई वैदेशिक रोजगार बोर्डद्वारा करिब ७० लाख निकासा,कोरोना का कारण उब्जेको खानेबस्ने समस्याको ब्यबस्थापन
भारतीय विदेश मन्त्रालयको विज्ञप्ति लगत्तै नेकपा अध्यक्षद्वयको वक्तव्य, ‘सडक निर्माणले अवस्था थप बिग्रन सक्छ’
तपाईको प्रतिक्रिया