साउदी अरब फर्कन कार्यरत कम्पनीको ‘नो अब्जेक्सन लेटर’ अनिवार्य,नेपाल एयरलाइन्स र हिमालयन एयरलाइन्स बाट फर्किन सक्ने

बिहिबार, अशोज १, २०७७

साउदी अरब फर्कन कार्यरत कम्पनीको ‘नो अब्जेक्सन लेटर’ अनिवार्य,नेपाल एयरलाइन्स र हिमालयन एयरलाइन्स बाट फर्किन सक्ने

साउदी अरब ले सेप्टेम्बर १५ देखि लागु हुने गरि बैध भिषाधारकहरुलाई कोरोना संक्रमणका कारण लगाईराखेको यात्रा प्रतिबन्ध खोलेको छ। अब प्रक्रिया पुरा गरि बिदा तथा रि-इन्ट्री भिषामा गएकाहरु साउदी अरब फर्कन सक्ने छन्।

नेपाली दुताबास ले आज सुचना जारी गरि १५ सेप्टेम्बर देखि  बिदामा रहेकाहरु फर्कनको लागी आफु कार्यरत कम्पनीको आउँने अनुमति दिएको कागजात(No Objection Letter) अनिबार्य रुपमा साथ मा हुनु पर्ने र त्यस्तो अनुमतिको कागजात बिना रि-इन्ट्री बैध भएकै आधारमा यात्रा नगर्न सचेत गराएको छ।

साउदी फर्कनेहरु ले नेपाल सरकारको अनुमति प्राप्त स्वास्थ संस्था वा प्रयोगशाला बाट पिसिआर परिक्षण गरि कोरोना भाईरस नेगेटिभ भएको प्रमाणपत्र यात्राका क्रममा बोर्डिंग र साउदी अरबको विमानस्थलमा देखाउनु पर्ने छ साथै साउदी अरबको एयरपोर्टमा साउदी कोरोना नियन्त्रण तथा रोकथाम समन्धमा अपनाएका स्वास्थ समन्धी सबै ब्यबस्थाहरु पालना गर्ने छु प्रतिबद्दता पत्रमा हस्ताक्षर गरि पेश गर्नु पर्ने छ।

दुताबास को सूचना अनुसार साउदी सरकारको समन्धित निकाय बाट प्राप्त जानकारी अनुसार भिषा वा अकामाको म्याद सकिएकाहरुको हकमा सेप्टेम्बर ३० सम्म स्वत नबिकरण हुने र अक्टोबर पछीको लागि साउदी सरकार ले गर्ने निर्णय उपर्युक्त समयमा जानकारी गराइने छ र अर्को निर्णय नभए सम्म नयाँ भिषा स्त्याम्पिंग नहुने बुझिएको जनाएको छ।

नेपालमा श्रम स्विकृती लिन पुर्बवत अनुसार नै रोजगारदाता कम्पनी ले अनुमति दिएको कागजात उक्त कम्पनीको आफ्नो आधिकारिक इमेल बाट बैदेशिक रोजगार बिभागमा इमेल पठाउनु पर्ने छ।

साउदी अरब फर्कनको लागी नेपाल बाट हाल साउदीमा चार्टर फ्लाइट गर्दै रहेको नेपालको रास्ट्रिय ध्वजाबाहक नेपाल एयरलाइन्स र हिमालयन एयरलाइन्स बाट मात्र यात्रा गर्न सकिने छ। यदि अन्य एयरलाइन्सको दुई तर्फी टिकटमा कोहि छुट्टीमा गएका छन् भने तिनीहरुले समेत सो एयरलाइन्सको टिकट रिफण्ड लिई नेपाल एयरलाइन्स र हिमालयन एयरलाइन्स बाट यात्रा गर्नु पर्ने छ। हवाई भाडा नियमित उडान सरह नै हुने श्रोत ले जानकारी दिएको छ।सेप्टेम्बर १५ पछी छुट्टीमा रहेकाहरु चार्टर उडानमार्फत फर्कन सक्ने भए पछी सो उडान मार्फत नेपाल फर्कनेहरु को हवाई भाडा समेत समायोजन हुन् सक्ने सम्भावना छ ।

सम्बन्धित

Related Posts

तपाईको प्रतिक्रिया

प्रतिकृया दिनुहोस

Your email address will not be published. Required fields are marked *


Copyright © 2015 ::NA Media Pvt. Ltd.::