साउदी अरब, बहराइन,युएई लगायत १३ मुलुकमा कोरोनाका कारण ले १५८ नेपालीहरु को मृत्यु

आइतवार, असार १४, २०७७

साउदी अरब, बहराइन,युएई लगायत १३ मुलुकमा कोरोनाका कारण ले १५८ नेपालीहरु को मृत्यु

कोरोना भाइरस (कोभिड-१९)को सङ्क्रमणबाट हालसम्म प्रवासमा रहेका १५८ नेपालीको मृत्यु भएको छ भने २६ हजार २२७ जनामा भाइरस सङ्क्रमणको पुष्टि भएको छ। विदेशमा रहेका १८ हजार ७०० नेपालीली सङ्क्रमण मुक्त भएका छन् भने खाडी मुलुकमा रहेका आठ हजारभन्दा बढी नेपालीमा सङ्क्रमण भेटिएको छ ।

हालसम्म बेलायत, युएई, साउदी अरब, बहराइन, कुवेत, कतार, आयरल्यान्ड, जापान, टर्की, नेदरल्यान्ड र स्विडेनलगायत १३ देशमा रहेका नेपालीको कोभिड-१९ का कारण मृत्यु भएको तथा डेनमार्क, नेदरल्यान्डस्, अष्ट्रेलिया, माल्टा, जापान, म्यानमार, पोल्यान्ड, रुस, न्युजिल्यान्ड,डेन क्यानाडा, फिनल्यान्ड, आयरल्यान्ड, जर्मनी, स्विडेन, फ्रान्स, बेल्जियम, दक्षिण कोरिया, मलेसियालगायत १९ देशमा रहेका नेपाली सङ्क्रमणबाट मुक्त भएका छन् ।

कोरोनाको कारण ले विदेशमा बिभिन्न कारण ले रहेका समस्यामा रहेका नेपालहरु को उद्दार कार्य ले पछिल्लो समयमा गति लिएको देखिन्छ। प्राप्त  तथ्यांक अनुसार १३  हजार भन्दा बढी नेपालीहरु चार्टर फ्लाईट मार्फत विदेश बाट नेपाल फर्किएका छन

सम्बन्धित

Related Posts

तपाईको प्रतिक्रिया

प्रतिकृया दिनुहोस

Your email address will not be published. Required fields are marked *


Copyright © 2015 ::NA Media Pvt. Ltd.::