
आइतवार, भदौ ७, २०७७
बिश्वब्यापी कच्चा तेल उत्पादनमा साउदी अरब तेश्रो स्थानमा पुगेको छ ।अमेरिका शिर्ष स्थानमा रहदा साउदी अरब लाई रसिया ले उछिनेको हो ।
अमेरिका, रूस र साउदी अरब दुनियाका तीन सबैभन्दा ठूला तेल उत्पादक देश हुन्। पहलो नम्बरमा अमेरिका छ, र दोस्रो नम्बरका लागि रूस(सऊदीकाबीच प्रतिद्वंद्विता चलिरहन्छ। रूस र साउदी अरबबीचको सहयोग हालका दिनहरुमा नराम्रोसँग प्रभावित भएको छ।
तेल उत्पादक देशहरुको संगठन ओपेकमा साउदीका दबदबा सबैभन्दा धेरै छ। मार्च महिनामा साउदी अरबले ओपेकको माध्यमबाट कोरोनका कारण तेलको मागमा आएको ठूलो कमीको कारण तेल उत्पानमा कटौती गर्ने प्रस्ताव राखेको थियो।
रूस ओपेकको सदस्य होइन। उसले साउदीको यो प्रस्ताव मान्न अस्वीकार गर्यो। यसपछि यी दुई देशबीच तेलको मूल्यलाई लिएर मूल्य विवाद शुरु भयो। अमेरिकाको शेल ओयल साउदी र रूस दुबेका लागि चुनौती हो। तर शेल ओयलका उत्पादन महंगो हुन्छ। तर शेल ओयलको उत्पादनका कारण नै अमेरिका दुनियाको सबैभन्दा ठूलो तेल आयातकबाट सबैभन्दा ठूलो तेल उत्पादक देश बनेको छ।
शेल ओयल र ग्यास उत्पादन महंगो भएकाले रूसलाई लाग्छ कि उसको बाज़ारमा कसैले चुनौती दिन सक्दैन। पारम्पारिक कच्चा तेलको तुलनामा ९जो रूस र साउदी अरबमा छ) शेल ओयल चट्टानहरुको बिचबाट निकालिन्छ।
पारम्पारिक कच्चा तेल ६०) फिटको गहराईबाट निकालिन्छ। जबकि शेल ओयलको उत्पादन जटिल हुन्छ। २०१८ मा अमेरिका साउदी अरबलाई उछिनेर दुनियाको सबैभन्दा ठूलो तेल उत्पादक देश बनेको थियो। अमेरिकाको यस उभारको असर पनि साउदी र रूसको तेल बजारमा पर्यो।
कोरोनको महामारी शुरु भएपछि तेलको माँगमा निकै गिरावट आयो। यस गिरावटलाई हेरेर साउदी अरब र रूसलाई ओपेक र ओपेक प्लसमा तेल उत्पादनलाई लिएर ठूलो कटौतीमा सहमति बनाउनु पर्यो। अमेरिकालाई पनि आफ्नो उत्पादनमा हरेक दिन २० लाख ब्यारेल कटौती गर्नुपर्यो। तर अमेरिका र रूसको तेल उत्पादनको निर्यात कम भए पनि त्यति फरक पर्दैन जति साउदी अरबलाई पर्छ। साउदी अरबको अर्थव्यवस्था तेलमा निर्भर छ र तेलको बजार जब प्रभावित हुन्छ उसको दबदबा हल्लिन्छ। र भविष्यलाई लिएर चिन्ता हुन्छ।
साउदीको तेल उत्पादन र निर्यातलाई रूसका साथै अमेरिकाबाट कडा चुनौती दिइएको छ। पहिला अमेरिकाले साउदीलाई तेल उत्पादनको मामिलामा दोस्रो स्थानमा धकेलियो, र अब रूसले साउदीलाई तेस्रँे स्थानमा पुर्याइदिएको छ। जोइन्छ अर्गनाइज़ेशन डेटा इनिशिएटिभ (जेओडीआई) का अनुसार रूसले जून महिनामा तेल उत्पादनको मामिलामा साउदी अरबलाई तेस्रो स्थानमा पुर्याइदिएको छ।
यसका साथै रूस अमेरिकापछि तेल उत्पादनको मामिलामा दुनियाको दोस्रो सबैभन्दा देश बनेको छ। जेओडीआईका अनुसार जून महिनामा रूसको तेल उत्पादन हरेक दिन ८.७८८ मिलियन ब्यारेल रह्यो जबकि साउदी अरबको मात्र ७.५ मिलियन ब्यारेल रहयो।
जूनमा अमेरिका तेल उत्पादनको मामिलामा शीर्ष स्थानमा रह्यो। जेओडीआईका अनुसार जून महिनामा अमेरिकामा तेलको उत्पादन १०.८७९ मिलियन ब्यारेल प्रति दिन रह्यो। साउदी अरबको तेल निर्यातमा पनि लगातार कमी आइरहेको छ। जून महिनामा साउदीको तेल निर्यात हरेक दिन ५० लाख ब्यारेलबाट तल आयो। जेओडीआईका अनुसार मे महिनाको तुलनामा जूनमा उसको तेल निर्यातमा १७.३ प्रतशित गिरावट आयो।
Copyright © 2015 ::NA Media Pvt. Ltd.::
तपाईको प्रतिक्रिया