
बिहिबार, अशोज २१, २०७८
बाल कृष्ण पंगेनी
साउदी अरवको पूर्वी क्षेत्रमा पर्ने शहर दमाममा १४ अगस्त सम्म आबेदन भरिएका राहदानीहरु भोली ८ अक्टुबर २०२१ का दिन वितरण गर्ने भएको छ ।
साउदी स्थित दुतावासले आफ्नो अफिसियल पेज मार्फत सो सुचना प्रवाह गरेको हो । कोरोनाको कहर तथा दुर दराजबाट रियाद दुतावाससम्म पुग्न र पुगेर फर्किन कठिन र बनेर आएका राहादानी प्राप्त गर्न जादा आर्थिक देखि बिभिन्न समस्या भोग्न पर्ने समस्यालाई निस्तेज गर्न स्थानीय स्तरमा नै अस्थायी शिबिर गरी वितरण गर्न लागेको पूर्वी क्षेत्रमा नवनियुक्त दुतावासका अधिकारी नारायण पासवानले एन ए मिडियालाई जानकारी गराएका छन् ।
साथै आउदो नोभेवर १२ नविकरणको लागि आवेदन पनि सोही स्थानमा शिविर राखी लिने पनि जानकारी गराएका छन् । एन आर एन ए साउदी अरवका तथा अन्य सामाजिक सस्थाले स्वयम् सेवकको भूमिका गर्ने भएकोले स्थान नभेटिएमा सम्बन्धित व्यक्तिहरुलाई सोध पुछ गरेर शिविर आयोजना गरिएको स्थान सम्म पुग्न सकिने एन आर एन ए साउदीका अध्यक्ष्य डम्मर यादवले जानकारी गराएका छन् ।
शिविर बिहान १० बजे देखि साझ ४ बजेसम्म रहने तथा राहधानी लिन आउदा पुरानो राहधानी तथा नवीकरण गर्दा बुजाएको शुल्कको रसिद अनिवार्य भएको पनि पेजमा प्रकाशित सुचनामा स्पस्ट लेखिएको छ ।
शिविर हुने स्थान : अल असेम रेष्टहाउस फर फेस्टिभवल दमाम साउदी अरव
शिविरमा जान गोगल लोकेसन : https://goo.gl/maps/GzZa6gu8b8McW9Ti9
समय: ८ अक्टुबर २०२१ बिहान १० बजे देखि अपरान्ह ०४ बजे सम्म
Copyright © 2015 ::NA Media Pvt. Ltd.::
तपाईको प्रतिक्रिया