
आइतवार, पुस १२, २०७७
साउदी अरव देखि नेपाल जानका लागि पुन उडान सुचारु भएको छ । गत आईतवार केही दिन देखि युरोपियन मुलिकमा देखिएको कोरोना भाइरसको नया रुपले गर्दा साउदी अरवले साउदी अरवमा हुने आवतजावतका हवाई उडान तथा सामुद्रिक बन्दरगाहबाट हुने आवागमन सेवा बन्द गरेको थियो ।
त्यस प्रति बन्द सगै नेपालमा साउदी बाट हुने सबै उडान पनि बन्द भएको अवस्था थियो अनन्त त्यो आज बाट पुन सुचारु भएको समाचार साउदी अरवको अनलाइन समाचार पत्र साउदी ग्याजेटले पकाशित गरेको छ जस अनुसार नागरिक उड्डयन को सामान्य प्राधिकरण (GACA) ले साउदी अरवबाट नेपाल जान चाहने सबै नेपाली आफ्नो देश फर्कन सक्ने जादा कोरोना भाइरस फैलावट रोक्न गर्नु पर्ने सबै सावधानी पूर्ण पालाना गरेर मात्र अघि बढ्नु पर्ने पनि स्पष्ट जनाएको छ ।
साउदी अरवबाट नेपाल जान सक्ने समाचार आए पनि साउदी अरवबाट नेपाल उडान गराउने आधिरिक सस्था जीएसीए का अनुसार भने साउदी अरवबाट रेगुलर उडान नभई चार्टर्ड उडान संचालन गराउने अनुमति दिएको खुल्न आएको छ । यस्तो अबस्थामा नेपाल जान सक्ने स्पस्ट छ तर नेपालबाट विदामा गएका फर्किन पाउने या नपाउने उताबाट आउने चार्टड उडानले यात्रु ल्यान पाउने कि नपाउने बारे भने सम्बंदित देशले दुई देश बिच निर्देशित भए मात्र उडान हुन् सक्ने पनि लेखिएको छ ।
यसको बारेमा नेपाल सरकार , नेपाल दुतावास साउदी अरव बाट पनि नेपाली समुदायको हितको लागि निर्णय आउँन बाकि रहेको देखिन्छ आशा गरौ ठोस निर्णय आए पछी अवस्था सामान्य हुनेछ ।
Copyright © 2015 ::NA Media Pvt. Ltd.::
तपाईको प्रतिक्रिया