साउदी अरवमा मास्क विस्तापित हुदै, भारी भिड स्थान बाहेक अन्य स्थानमा मास्क बिना नै यात्रा गर्न मिल्ने

सोमवार, कार्तिक १, २०७८

बाल कृष्ण पंगेनी

साउदी अरवमा मास्क  विस्तापित हुदै, भारी भिड स्थान बाहेक अन्य स्थानमा मास्क बिना नै यात्रा गर्न मिल्ने

साउदी अरवमा विगत लामो समयदेखि कोभिड १९ का कारणले लगाएको स्वास्थ्य सुरक्षा  नीति आज  १७ अक्टुबर २०२१ अईताबार साझ ४ बजेबाट फेरबदल भएको छ ।

सार्बजनिक ठाउ र उच्च भिड रहने  बाहेकका ठाउहरुमा मास्क लगाउन अनिवार्य नरहेको साउदी स्थित स्वास्थ्य मन्त्रालयले विज्ञप्ति जारी गरि सार्वजनिक रुपमा जानाकारी दिएको छ ।

विज्ञप्तिका अनुसार आज देखि  बाहिर हिड्दा मास्क लगाउन अब आवश्यकता छैन तर मक्का मदिनामा हज उमराहा गर्नेहरुको हकमा भने मास्क र तोकलना याप्स अनिवार्य हुनु पर्ने  विज्ञप्तिमा स्पस्ट   जारी गरिएको छ ।  अन्य जमघट सार्बजिक स्थल यातायातमा लगाएको सामाजिक दुरी पनि पुर्ण रुपमा खारीज गरिएको छ ।   होटेल सिनेमाघर जस्ता स्थानहरुलाई पनि पूर्ण रुपमा चलाउन अनुमति रहेको जानाकारी गराएको छ । तर कोही पनि व्याक्तिले दूई डोज नै टिकाकरण  गरेको प्रमाण भने आफुसग राखी रहनु पर्ने पनि विज्ञप्तिमा स्पस्ट  छ ।

साथै स्थान हेरेर आवस्यक परेको ठाउमा  सुरक्षा अपनाउन र नया प्रवेशकर्ताहरुको वारेमा कुनै पनि याप्सबाट संक्रमित हो होईन पत्ता लगाउन नसकिने भएको कारण सजग रहन पनि विज्ञप्तिमा लेखेको छ ।  यो खारिजी स्थाई नभएको कारण अब हुने संक्रमितको आधारमा स्वास्थ्य मन्त्रालयले भविस्यको लागि योजना तय गरिरहने पनि जनाईएको छ ।

साउदी सरकारबाट विज्ञप्ति सहित जानकारी आए पनि नेपाली दुतावास रियाध साउदी अरवले भने स्वास्थ्य  मापदण्डको बारेमा अहिले सम्म कुनै जानाकारी गराएको छैन आशा गरौ स्पस्ट सबैले बुज्ने र आधिकारक जानाकारी आउने छ ।

साउदी सरकारको जय होस् ।

  विज्ञप्ति

सम्बन्धित

Related Posts

तपाईको प्रतिक्रिया

Copyright © 2015 ::NA Media Pvt. Ltd.::