साउदी अरब ले १ जनवरी,२०२१  देखि सबै यात्रा प्रतिबन्ध हटाउने,बैध भिषाधाराक १५ सेप्टेम्बर देखि फिर्न सक्ने

आइतवार, भदौ २८, २०७७

श्री कृष्ण श्रेष्ठ

साउदी अरब ले १ जनवरी,२०२१  देखि सबै यात्रा प्रतिबन्ध हटाउने,बैध भिषाधाराक १५ सेप्टेम्बर देखि फिर्न सक्ने

छुट्टी मा गएका नेपालीहरु १५ सेप्टेम्बर देखि फिर्न सक्छन त्...
काठमाडौं,
साउदी अरब ले जनवरी १,२०२१ कोरोना भाईरसका कारण लगाइएको  हवाई,समुन्द्र र जमिनी सीमा मार्फतको सम्पूर्ण  यात्रा प्रतिबन्ध हटाई  कोरोना भाईरस समन्धी साबधानीका उपायहरु र प्रोटोकल अनुरुप साउदी अरब छोड्न र प्रवेश गर्न अनुमति दिने घोषणा गरेको छ।
साउदी अरब बाट प्रकाशित पत्रिका साउदी ग्याजेटमा प्रकाशित समाचार अनुसार सम्पूर्ण यात्रा प्रतिबन्ध जनवरी १ देखि पूर्ण रुपमा हट्ने  भए पनि  जिसिसि रास्ट्रका  नागरिकहरुका साथसाथै प्रवासीहरू र भिषा अबधि भएका आश्रितहरु  सेप्टेम्बर १५ देखि  साउदी मा प्रवेश गर्न पाउने छन,जसमा  प्रवासीहरू जो संग  वैध एक्जिट र रिइन्ट्री  भिसा, वर्क भिसा, रेसिडेन्सी परमिट (इकमा) समाबेश हुने छन ।
साउदी प्रवेश गर्न ४८ घण्टा पहिलाको कोरोना भाईरस परिक्षण गरिएको रिपोर्ट पेश गर्नु पर्ने छ साथै  उनीहरूले सबै कोरोनाभाइरस सम्बन्धी सावधानी अपनाउने र प्रोटोकोल पूरा गर्ने प्रतिबद्दता पत्र पेश समेत गर्नु पर्ने छ।कोरोना भाईरस या अन्य कारण ले यात्रा प्रतिबन्ध लगाईएका रास्ट्रहरुको हकमा साउदी सरकार ले दिएको यो  छुट लागु  नहुने समेत जनाईएको छ।
पछिल्लो निर्णय अनुसार साउदी अरब ले यात्रा प्रतिबन्ध लगाएका मुलुक बाहेक अन्य रास्ट्रका नागरिकहरु जो साउदी मा बैध भिषा छ साथमा आश्रितहरु साउदी अरब मा सेप्टेम्बर १५ देखि आउन सक्ने देखिन्छ। नयाँ भिषा/भिजिट भिषा लगायत का अन्य प्रक्रिया बाट साउदी आउन जनवरी १,२०२१ सम्म प्रतिक्षा गर्नु पर्ने देखिन्छ।
नेपालीहरु जो  कम्पनीबाट छुट्टीमा गएकाहरु जसको भिषा बैध छ ,उनीहरु ले साउदी सरकार ले दिएको सेप्टेम्बर १५ देखि फर्कन सक्ने सुबिधा प्रयोग गर्न सक्ने या नसक्ने भन्ने अहम सवाल उठ्ने देखिन्छ ।नेपाल मा  छुट्टीमा आएकाहरु लाई पुन:श्रम स्वीकृति दिन सुरु गरि सकेको छ जसमा समन्धित रास्ट्र ले अनुमति दिएको खण्डमा जान पाउने हुन्छ साउदी अरबको हकमा नेपालमा कानूनी प्रक्रिया समाप्त भए पनि साउदी अरब ले आउन स्वीकृति नदिएको हुँदा समस्या थियो ।
अहिले बैध भिषाधारी र उसको आश्रितहरु समेत १५ सेप्टेम्बर बाट फर्कन सक्ने सुबिधा दिदा समेत साउदी अरब ले नेपाललाई  दुई तर्फी उडान अनुमति दिएका रास्ट्रहरुको सुची मा समाबेश गरेको आधिकारिक खबर नबाहिरिदा अन्यौलता देखिन्छ । नेपाल सरकार,राजदुताबास ले तत्काल  कुटनैतिक रुपमा पहल अघि बढाई साउदी अरबको दुई तर्फी उडान गर्न सक्ने सुचीमा नेपाल नरहे तत्काल सो मा पार्न पहल गर्नु अहिले सबैभन्दा बान्छनीय देखिन्छ। जसले गर्दा उद्दार उडानको महँगो आर्थिकभारबाट समेत आम श्रमिकहरु मुक्त हुन सक्छन।
दुई तर्फी यात्रा अनुमतिको सुची मा नेपाल समाबेश हुन् नसके तत्कालको लागि सेप्टेम्बर १५ देखि साउदी सरकार ले दिएको छुट प्रयोग गर्न असमर्थ हुने देखिन्छ।

सम्बन्धित

Related Posts

तपाईको प्रतिक्रिया

प्रतिकृया दिनुहोस

Your email address will not be published. Required fields are marked *


पोपुलर


Copyright © 2015 ::NA Media Pvt. Ltd.::