साउदी अरेवियामा २०२१ मा कफाला प्रणाली हट्दै,घोषणाको तयारी

बुधबार, कार्तिक १२, २०७७

साउदी अरेवियामा २०२१ मा कफाला प्रणाली हट्दै,घोषणाको तयारी

साउदी अरेवियाले सन् २०२१ मा कफाला प्रणाली (स्पोन्सरशीप सिष्टम) हटाउने भएको छ । साउदी गजेटका अनुसार साउदी अरेवियाले सो महत्वपूर्ण निर्णय गर्न लागेको हो ।

समाचार अनुसार साउदी अरेवियाले आगामी बर्ष अर्थात सन् २०२१ को ६ महिना भित्रमा नै कफाला अन्त्य गर्नेछ । यसबाट १० लाख भन्दा बढी अप्रवासी श्रमिकहरु लाभान्वित हुने  छन ।

साउदी अरेवियाको मानव संशाधन मन्त्रालयले यसका बारेमा सामाजिक विकास मन्त्रालयले औपचारिक घोषणा गर्ने जनाएको छ । आगामी हप्ता यस बारेमा औपचारिक घोषणा हुनेछ । आप्रवासी श्रमिक तथा साउदीका रोजगारदाताबीच रोजगार करारको उचित प्रवन्ध हुनेगरी गर्न लागिएको सो निर्णयलाई ऐतिहासिक भनिएको छ ।

साउदी अरेवियाको सो घोषणासँगै सात दशकदेखि प्रचलनमा रहँदै आएको कफाला प्रणालीको अन्त्य हुनेछ । कफाला प्रणाली हटेपछि रोजगार करार सम्झौता कार्यान्वयनमा आउनेछ । हालसम्म कायम रहेको कफाला प्रणाली अन्तर्गत विदेशी श्रमिकमाथि रोजगारदाताको पूर्ण अधिकार रहन्छ । कफालाका कारण रोजगारदाताको अनुमति बेगर रोजगारी तथा मुलुक छोड्न समेत बन्देज लाग्ने भएका कारण यसलाई आधुनिक समयको दासताको रुपमा हेर्ने गरिन्छ ।

कफाला प्रणाली अन्त्य भएपछि आप्रवासी श्रमिकहरुले स्वदेश फर्किन तथा पुनः साउदी अरेवियामा रोजगारीका लागि जान स्वतन्त्र हुने अपेक्षा गरिएको छ । यसैगरी पुनः साउदी अरेविया नफर्किने गरी स्वदेश फर्किन वा रोजगारदाताको अनुमति नलिइ नै पुनः अर्को रोजगारी खोज्न पाउने अपेक्षा छ ।

कफाला अन्त्यका बारेमा बुधवार नै साउदी अरेवियाको मानव संशाधन मन्त्रालयले महत्वपूर्ण घोषणा गर्ने अपेक्षा गरिएको थियो । यसअघि साउदी अरेवियाले सन् २०२० को मार्च महिनासम्ममा नै कफाला प्रणाली अन्त्यको घोषणा गर्ने अपेक्षा गरिएको थियो । तर कोभिड १९ को महामारी फैलिएसँगै सो घोषणामा ढिलाई भएको समाचारमा जनाइएको छ ।

सम्बन्धित

Related Posts

तपाईको प्रतिक्रिया

प्रतिकृया दिनुहोस

Your email address will not be published. Required fields are marked *


Copyright © 2015 ::NA Media Pvt. Ltd.::