साउदी दूतावासले भिसा स्ट्याम्पिङको सेवा शुरु गर्ने

शुक्रबार, अशोज ९, २०७७

साउदी दूतावासले भिसा स्ट्याम्पिङको सेवा शुरु गर्ने

नेपालस्थित साउदी अरेबिया  को दूतावासले बिहीबार देखि भिसा स्ट्याम्पिङको सेवा प्रारम्भ गर्ने भएको छ । दूतावासले एक सूचना जारी गर्दै  कामदारको वर्किङ भिसा, भिजिट भिसा र पुनः प्रवेशका लागि रिईन्ट्री भिसा जारी गर्ने बताएको छ ।

दूतावासले लकडाउनका कारण प्रयोग नभएको कामदारको वर्किङ भिसा क्यान्सिल गर्न रोजगारदाताको क्यान्सिेलेसन लेटरको आधारमा रद्ध गरी नयाँ निवेदन र मेडिकल रिपोर्टको आधारमा पुनः प्रयोग गर्न सकिने जनाएको छ ।

कोभिडका कारण रद्ध भएको भिसाको दस्तुर साउदीको मानव संशाधन तथा सामाजिक विकास मन्त्रालयले विद्युतीय प्रणाली मार्फत फिर्ता दिने दूतावासले बताएको छ । कोभिडका कारण रद्ध भएको भिजिट भिसा पुनः प्राप्तिका लागि स्पोन्सर लेटरका साथमा निवेदन दिन सकिने पनि दूतावासको सूचनामा उल्लेख छ ।

सम्बन्धित

Related Posts

तपाईको प्रतिक्रिया

प्रतिकृया दिनुहोस

Your email address will not be published. Required fields are marked *


Copyright © 2015 ::NA Media Pvt. Ltd.::