साउदी बाट अभियन्ताहरुको अग्रसरतामा क्यान्सर पिडित कर्ण बहादुर बाठा को उपचारार्थ ने.रु दुई लाख सहयोग

आइतवार, माघ २६, २०७६

साउदी बाट अभियन्ताहरुको अग्रसरतामा क्यान्सर पिडित कर्ण बहादुर बाठा को उपचारार्थ  ने.रु दुई लाख सहयोग

साउदी अरबमा क्रियाशील सामाजिक अभियन्ताहरु को सक्रियतामा क्यान्सर रोगले ग्रसित भई हाल उपचारार्थ रहेका कर्ण बहादुर बाठाको सहयोगार्थ ने रु दुई लाख सहयोग गरिएको छ ।

सहयोग अभियानका मुख्य अभियन्ता चक्र पुनमगर ले एनए मिडिया लाई दिएको जानकारी अनुसार रोल्पा जिल्ला माडी गाउँपालिका वडा न ६ स्थाई निवासी बर्ष ४७ को कर्ण ब बाठा पित्तथैलीको पत्थरी जमी पित्तको नलीर कलेजोमा क्यान्सर भई सो रोग ले ग्रसित भएको र उक्त रोग को शल्यक्रिया गर्न लाग्ने उपचार खर्च उनको घरको पारिवारिक आर्थिक अवस्था दयनीय रहेको हुँदा मुस्किल भएको ले सहयोग याचना आए बमोजिम साउदी अरबमा रहेका नेपालीहरु संग संकलन गरि ने.रु २००,०००(अपेरक्षि दुई लाख) सहयोग गरिएको छ।

पुन का अनुसार सहयोग अभियानमा अभियन्ताहरु रेशम पुन(सा.रि १२९९),देवीराज घर्तीमगर(सा.रि ९९४/-),कमान सिंह घर्तीमगर(सा.रि ७२३),राजन घर्तीमगर(सा.रि ६२३) र स्वयम् आफु ले (सा.रि २७०८) रकम संकलन गरिएको थियो ।संकलित रकम अन्तर्राष्ट्रिय रोल्पा सेवा समाज.क्षत्रीय समिति दमाम मार्फत नेपाल पठाई सकिएको र केहि दिनमा नै पिडित उपचारार्थ रहेको काठमाडौं स्थित टिचिंग हस्पिटलमा पुगी हस्तान्तरण गरिने जनाउदै एनए मिडिया मार्फत मानबिय सहयोगमा हातेमालो गर्ने सबैलाई धन्यबाद दिन चाहेको समेत उनले जनाए।

सम्बन्धित

Related Posts

तपाईको प्रतिक्रिया

प्रतिकृया दिनुहोस

Your email address will not be published. Required fields are marked *


पोपुलर


Copyright © 2015 ::NA Media Pvt. Ltd.::