
सोमवार, भदौ २३, २०७६
'धौबजी'
नेपाल मा गतिलो काम छैन विदेश उड्नु पर्छ है भन्ने मानसिकता ले जरो गाड्दै रहेको मा सिन्धुपाल्चोक का एक युवा विदेशको रोजगारी छोडेर नेपाल मै केहि गर्ने अठोटका साथ् अहोरात्री खटि रहेका छन।
आधा दशक को विदेश बसाई का क्रम मा बै.रो ले पार नपाउने रहेछ भनेर आत्माबोध गर्दै सिन्धुपाल्चोक जिल्ला चौतारा नगरपालिका सिरु ठुलिबारी का युवा राजन भारती साउदी अरब बाट नेपाल फिरेका थिए। साउदी अरब को प्रतिष्ठित बास्किन रोबिन्स कम्पनी मा २ बर्ष बिताएका भारती सो भन्दा पहिला मलेसिया मा कार्यरत थिए ।
साउदी अरबमा उनको कमाई मध्यमस्तरको चितबुझ्दो नै नभए नि भरठेग गर्ने खालको नै थियो तर विदेशमा जवानी उपयोग गर्नु भन्दा आफ्नै मुलुकमा सोहि जोश जागर ले केहि गरे जीवन ब्यबस्थित हुने देखेर उनि फर्केका थिए। नेपाल फर्के पछी उनको यात्रा सजिलो पक्कै पनि भएन साउदी मा सिकेको ड्राइभिंग को सिप ले कम्तिमा उनलाई बेरोजगार हुन् दिएन र साहुको पिकअप चलाए केहि समय कमाई ठिकै थियो सालाखाला ३० हजार जति तर आफ्नै ब्यबसाय गर्ने सोच भएका भारती लाई सो कमाई ले बाधीराख्न सकेन र केहि गर्ने सोच गर्दै गर्दा लोकल कुखुरा पालन मा भबिष्य देखे र आफ्नै जमिन मा टहरा बनाई लोकल कुखुरा पालन सुरु गरे।
परिवारसँगै बसेर गाउमै कुखुरा पालन व्यवसाय गर्न थालेपछि राम्रै आम्दानी हुन थालेको बताउदै भारती को अनुभब छ' घर परवारसँगै बसेर विदेशमा जस्तै कमाइ गर्न सकिन्छ' । लोकल कुखुरा को माग अधिक रहेको र अर्डर अनुसार पुर्याउन अझ ब्यबसाय बिस्तार गर्ने सोच मा रहेका भारती ले सामाजिल संजालको उपयोग ब्यापार विस्तारको लागि गर्ने गरेका छन ।
केहि समय गाह्रो साह्रो परे पनि निरन्तर लाग्ने हो भने नेपाल मा अबसर को कमि नरहेको जनाउदै भारती भन्छन 'अब विदेश जानु पर्दैन'...
Copyright © 2015 ::NA Media Pvt. Ltd.::
तपाईको प्रतिक्रिया