साउदी मा कोबिद-१९ रोकथाम,नियन्त्रण हेतु स्वास्थ प्रोटोकल,नियम जारी,मनोरन्जनात्मक कार्यक्रमहरूमा बन्देज 

बिहिबार, माघ २२, २०७७

साउदी मा कोबिद-१९ रोकथाम,नियन्त्रण हेतु स्वास्थ प्रोटोकल,नियम जारी,मनोरन्जनात्मक कार्यक्रमहरूमा बन्देज 

फेब्रवरी ४ बिहिबार देखि लागु.....

साउदी अरबमा कोरोना कोरोना भाईरसको फैलावट रोक्नको लागि स्वास्थ प्रोटोकल,नियम सहित निर्देशिका जारी भएको छ,जुन फेब्रवरी ४,बिहिबार राती बाट प्रभावी हुने छ ।पछी थप हुन् सक्ने गरि जनाई  जारी  गरिएको निर्देशिका अनुसार मनोरञ्जनात्मक,सामुहिक भेला,सभा सम्मेलन आदि निषेध गरिएको छ।

कोरोना भाईरसको दोश्रो लहर देखिए संगै सोको नियन्त्रण हेतु जारी निर्देशिका अनुसार,होटेल,पार्टीप्यालेस,रेस्टुरेन्ट लगायतका स्थानहरुमा आगामी ३० दिन सम्म कुनै कार्यक्रम एवं भोजभतेर गर्न बन्देज लगाईएको छ साथै आगामी १० दिन सम्म २० जना भन्दा बढीको उपस्थितिमा कुनै पनि सामाजिक कार्यक्रम गर्न समेत रोक लगाईएको छ।

यसै गरि आगामी १० दिन सम्म सबै खाले मनोरन्जनात्मक गतिबिधि,सबै खाले खेलकुद गतिबिधि संचालन गर्न समेत रोक लगाईएको छ साथै रेस्टुरेन्टहरुमा मात्र टेक अवे सेवा अनुमति दिईएको  साथै  भौतिक दुरी कायम गर्न र  अनिबार्य रुपमा मास्कको  प्रयोग गर्नु पर्ने जनाइएको छ निर्देशिका बिपरिक क्रियाकलाप गर्ने उपर सख्त कार्यबाही हुने समेत जनाइएको छ।

सम्बन्धित

Related Posts

तपाईको प्रतिक्रिया

Copyright © 2015 ::NA Media Pvt. Ltd.::