साउदी मा रोजगारदाता र कपिलको लापरबाही ले ६/७ महिना देखि अडकिएको ३ वटा शव नेपाल पठाईदै

मङ्लबार, मंसिर २६, २०७४

एन.ए मिडिया न्युज डेस्क

साउदी मा रोजगारदाता र कपिलको लापरबाही ले ६/७ महिना देखि अडकिएको ३ वटा शव नेपाल पठाईदै

साउदी अरबमा मृत्यु भएका नेपालीहरु पदमबहादुर केसी, रमेश विक र भीमबहादुर केसीको शब नेपाल पठाउन समस्या देखिएको मा नेपाली दुताबास ले सिधै साउदी अरबको श्रम मन्त्रालय संग पहल गरेको छ।साउदी अरबका श्रम मन्त्रि संग छलफल पश्चात बक्यौता रकम को प्रबन्ध सहित अडकिरहेको मृतकहरुको शब नेपाल पठाइने भएको छ।

नेपाली दुताबास बिगत ६/७ महिना देखि नै मृतकहरुको शब पठाउने प्रयासमा लागि रहेको थियो तर  रोजगारदाता र कफिलको लापर्वाहीले गर्दा पुर्याउनु पर्ने कानूनी प्रक्रिया पुरा हुन सकी रहेको थिएन ।११ डिसेम्बर सोमबार नेपाली राजदुत महेन्द्र सिंह राजपुत सहित को दुताबासको टोलि र साउदी अरेबियाका श्रममन्त्री डा. अलि बिन अल गाफिस लगायत श्रम मन्त्रालयको टोलि विच सम्पन्न औपचारिक छलफलमा चर्चामा रहेको श्रम सम्झौता लगायतका बिषयमा ठोस छलफल अघि बढाउने सहित मृतकहरुको शब पठाउन समस्या रहेको बिषयमा छलफल हुँदा बाँकी  वक्यौता सम्बन्धित कंपनीहरू बाट असुलउपर गर्दै नेपाल पठाउने टुंगो लागेको हो।

दुताबास ले सम्प्रेषण गरेको जानकारी अनुसार मृतक पदमबहादुर केसीका लागि ५३ हजार साउदी रियाल (करिब १४ लाख ५५ हजार रुपैयाँ)को चेक तयार भएको छ। रमेश बिकको सन्दर्भमा भने साउदीस्थित उनको कफिल (स्पोन्सर)को सिस्टम नै त्यहाँको श्रम कार्यालयले बन्द गरिदिएपछि उसले नै बक्यौता रकम दिएर शव पठाउन तयार भएको र भीमबहादुरको सन्दर्भमा भने तत्कालका लागि नेपाली दूतावासले खर्च व्यहोरी  शव पठाउने र बिलबमोजिमको रकम उनले काम गर्ने कम्पनीले पछि दूतावासलाई दिने सहमति भएको जनाईएको छ।

करिब ४ लाख नेपालीहरु कार्यरत रहेको साउदी अरबमा दुर्घटना,आत्माहत्या(केहि केशहरु),स्वाभाविक निधन लगायतका कारण ले मृत्य भएकाहरुको लाश स्वदेश फर्काउने निश्चित बिधि रहेको छ। कम्पनी ले सहयोग गरेको खण्डमा सहज रुपमा लाश पठाउन कुनै समस्या रहदैन तर रोजगारदाता/कपिल ले आफ्नो जिम्मेवारी पुरा नगर्दा  पाउनु पर्न मुवाब्जा लगायत  लामो समय सम्म लाश पठाउन समस्या देखिने गरेको छ।अनेकन केशमा दुताबास समेत निरह देखा पर्दथ्यो। मृतकहरु पदमबहादुर केसी, रमेश विक र भीमबहादुर केसीको शब नेपाल पठाउन देखा परिरहेको समस्या समाधान गर्न नेपाली दुताबास लिएको कुटनीतिक पहल ले आगामी दिनमा समस्या न्यूनीकरणमा मद्दत गर्ने देखिन्छ। 

सम्बन्धित

Related Posts

तपाईको प्रतिक्रिया

प्रतिकृया दिनुहोस

Your email address will not be published. Required fields are marked *


पोपुलर


Copyright © 2015 ::NA Media Pvt. Ltd.::