साउदी मा २० अर्ब डलरको महत्वाकांक्षी ‘मास्टर डेभलपमेन्ट डाउनटाउन जेद्दा प्रोजेक्ट’ सुरु

बुधबार, पुस ७, २०७८

साउदी मा २० अर्ब डलरको महत्वाकांक्षी ‘मास्टर डेभलपमेन्ट डाउनटाउन जेद्दा प्रोजेक्ट’ सुरु

पहिलो चरण २०२७ को अन्त्यसम्म पूरा गरिने.....

साउदी अरेबियाका क्राउन प्रिन्स  मोहम्मद बिन सलमानले शुक्रबार ७५ अर्ब रियाल (करिब २० अर्ब डलर) लगानीमा बन्ने ‘मास्टर डेभलपमेन्ट डाउनटाउन जेद्दा प्रोजेक्ट’को उद्घाटन गरेका छन् ।

यसलाई ‘न्यू जेद्दा डाउनटाउन’को नामले पनि चिनिँदै आएको छ । यो परियोजनालाई ५०.७ लाख वर्ग मिटर क्षेत्रमा विकसित गरिनेछ ।यो परियोजनालाई केन्द्रीय जेद्दा विकासको सार्वजनिक लगानी कोषबाट तीन चरणमा तयार गरिनेछ । यसमध्ये पहिलो चरण २०२७ को अन्त्यसम्म पूरा गरिनेछ ।

त्यसपछि देश तथा विदेशका मानिसहरु डाउनटाउन जेद्दा आउन सक्नेछन् । साउदी प्रेस एजेन्सीका अनुसार यसलाई सार्वजनिक लगानी कोष र देश विदेशका लगानीकर्ताको कोषबाट तयार गरिनेछ ।यसलाई बनाउने कम्पनीले अहिले योजना अनुसार सबै चरणको कार्यान्वयन सुनिश्चित गर्नको लागि सबै सम्बन्धित जानकारीको साथमा काम गरिरहेको छ ।

‘डाउनटाउन जेद्दा’ परियोजनाको लक्ष्य २०३० सम्म साउदीको अर्थव्यवस्थामा ४७ अर्ब रियाल थप्नु हो । यो परियोजनामा एक ओपेरा हाउस, एक संग्रहालय, एक खेल स्टेडियम, महासागर घाटीहरु र कोरल फर्म हुनेछन् । यसका अलावा यसमा १० मनोरञ्जन र पर्यटन परियोजनाहरु पनि हुनेछन् ।

परियोजनामा एक विश्वस्तरीय मरिना र बीच रिसोर्ट पनि हुनेछ । यसका अलावा यहाँ स्थानीय र अन्तर्राष्ट्रिय लग्जरी होटलहरु, रेष्टुरेण्ट र क्याफे हुनेछन् । मानिसहरुका लागि किनमेलका विभिन्न किसिमका विकल्प हुनेछन् । परियोजनाको परिचालनबाट स्थानीय निजी क्षेत्रका कम्पनीहरुले अन्तर्राष्ट्रिय मानकहरुको साथमा पर्यटन, खेल, सांस्कृतिक र मनोरञ्जन जस्ता आर्थिक क्षेत्रको विकास तथा संचालनमा भाग लिने अवसर पाउनेछन् ।

५०० भन्दा धेरै इन्जिनियर र सल्लाहकारहरुले मास्टर प्लानको डिजाइन तैयार गरेका हुन् । डाउनटाउन जेद्दा परियोजनामा कैयौं प्राकृतिक विशेषताहरु छन् । यसमा ९.५ किलोमिटर लम्बाइको वाटरफ्रन्ट हुनेछ । यसमा मरिना हुनेछ जहाँ देशभित्र र बाहिरबाट याट आउन सक्नेछन् ।

यसका अलावा २.१ किलोमिटर लामो बालुवाको समुद्र किनार हुनेछ । परियोजनाको ४० प्रतिशत भाग हरियाली, खुला स्थान र सार्वजनिक सेवाहरुको लागि हुनेछ ।

सम्बन्धित

Related Posts

तपाईको प्रतिक्रिया

Copyright © 2015 ::NA Media Pvt. Ltd.::