साग फुटबलको ऐतिहासिक यात्रामा भुटान, फाइनल पुग्ने पहिलो टीम

शनिबार, मंसिर २१, २०७६

साग फुटबलको ऐतिहासिक यात्रामा भुटान, फाइनल पुग्ने पहिलो टीम

तेह्रौ दक्षिण एसियाली खेलकुद (साग) मा भुटानले अहिलेसम्म एउटा पनि स्वर्ण जित्न सकेको छैन ।

११० स्वर्ण जित्दै भारत अंक तालिकाको शीर्ष स्थान र ४३ स्वर्ण सहित नेपाल दोस्रो स्थानमा रहँदा भुटान पुछारमा छ । भुटानले पदकको नाममा ६ काँस्य मात्रै जितेको छ ।

तर, पुरुष फुटबलमा भने भुटानले शनशनीपूर्ण पुनरागमन गर्दै कम्तिमा रजत निश्चित गरेको छ । नेपालसँग ४–० को फराकिलो अन्तरले पराजित भुटान तीन खेल जित्दै फाइनल पुगेको छ ।

सागको ३५ वर्षे यात्रामा भुटान फाइनल पुगेको पनि पहिलो पटक हो । भारतले सहभागिता नजनाए पछि राउण्ड रोबिनका आधारमा खेलाइएको फुटबलमा भुटानले श्रीलंका, बांग्लादेश र माल्दिभ्सलाई पराजित गरेको छ ।

९ अंक जोड्ने क्रममा श्रीलंकालाई ३–०, बांग्लादेशलाई १–० र माल्दिभ्सलाई २–१ ले पराजित गरेको छ । शनिबार श्रीलंकालाई पराजित गरेपछि भुटानी टीममा खुशीयाली छाएको छ ।

उसोत, भुटानले फुटबलमा राम्रो प्रगति गरिसकेको छ । साग खेलिरहेको टीम मध्ये फिफा बरियतामा भुटान तेस्रो स्थानमा छ । १०३औं स्थानमा रहेको भारतले यसपटकको साग खेलेको छैन ।

फिफा बरियतामा माल्दिभ्स १४२, नेपाल १६१, भुटान १८६, बांग्लादेश १९२, पाकिस्तान १९९ र श्रीलंका २०१औं स्थानमा छ ।

सम्बन्धित

Related Posts

तपाईको प्रतिक्रिया

प्रतिकृया दिनुहोस

Your email address will not be published. Required fields are marked *


Copyright © 2015 ::NA Media Pvt. Ltd.::