साग महिला भलिबल : नेपाल उपविजेतामा समेटियो, उपाधि गुमेपछि खेलाडीका आँसु

मङ्लबार, मंसिर १७, २०७६

साग महिला भलिबल : नेपाल उपविजेतामा समेटियो, उपाधि गुमेपछि खेलाडीका आँसु

नेपाल १३ औं सागको महिला भलिबलमा स्वर्ण जित्नबाट बञ्चित भएको छ । मंगलबार त्रिपुरेश्वरस्थित कभर्ड हलमा भएको फाइनलमा नेपाल भारतसँग ३-२ को सेटमा हार व्यहोर्दै रजत पदमा चित्त बुझाउन बाध्य भयो ।

प्रतिस्पर्धात्मक खेलमा पहिलो सेट भारतले २५-१७ ले जितेको थियो। त्यसको लगत्तै दोस्रो र तेस्रो सेट नेपालले क्रमशः २५-२४ र २५-२१ ले जित्न सफल भयो। प्रतिस्पर्धात्मक चौथो सेट भने भारतको आफ्नो पक्षमा पार्न सक्यो। भारतले २५-२० को जित निकाल्यो। पाँचौ सेट भारतले जित्दै स्वर्ण पदक आफ्नो पक्षमा पार्‍यो।नेपाललाई रजत पदमा रोकिदियो।

तरपनि नेपाली भलिबलको इतिहासमा यो पहिलो साग रजत पदक हो।
दक्षिण एसियाली खेलकुद (साग) को १३ औं संस्करणको महिला भलिबलमा नेपाल उपविजेतामा समेटिएपछि नेपाली खेलाडीका आँसु थामिएनन् ।
महिला भलिबलको उपाधि भारतले उचाल्दा नेपाली खेलाडी कभर्ड हलमै रोएका हुन् । ।  मंगलबार राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हल त्रिपुरेश्वरमा भएको प्रतिस्पर्धात्मक फाइनलमा दुई सेट जितेको नेपाललाई पछि पार्दै भारतले उपाधि उचालेको हो।

सम्बन्धित

Related Posts

तपाईको प्रतिक्रिया

प्रतिकृया दिनुहोस

Your email address will not be published. Required fields are marked *


Copyright © 2015 ::NA Media Pvt. Ltd.::