
बिहिबार, माघ ८, २०७७
जोसेफआर बाइडेनले बुधवार बिहान ११ बजेर ४८ मिनेटजाँदा अमेरिकी राष्ट्रपतिको सपथ लिनुभएको छ । बाडेन अमेरिकाको ४६ औँ राष्ट्रपति हुनुहुन्छ ।
अमेरिकाको राजधानी वाशिंटन डिसीस्थित संसदभवनमा अमेरिकी समय अनुसार, बुधवार बिहान आयोजित विशेष समारोहमा राष्ट्रपति बाइडेनले अमेरिकाको सर्वोच्च अदालतका प्रधानन्यायाधीश जोन रोवर्टस् समक्ष पद तथा गोपनीयताको सपथ लिनुभएको हो । उहाँ दोस्रो क्याथोलिक राष्ट्रपति हुनुहुन्छ । आजैदेखि उहाँ ह्वाइट हाउसको पेन्सिलभेनिया एभेन्यूमा बस्नुहुनेछ । दुइ सय ४४ वर्षको अमेरिकाको इतिहासमा ७८ वर्षीय बाइडेन सबैभन्दा पाकाे उमेरमा अमेरिकाको राष्ट्रपति हुने पहिलो व्यक्ति हुनुहुन्छ । उहाँले आजै आफ्नो पदबहाली पनि गर्नुभयो ।
राष्ट्रपति अमेरिकाको सर्वोच्च र शक्तिशाली पद हो । अमेरिकी राष्ट्रपति सेनाको प्रधान सेनापति हुने संवैधानिक व्यवस्था अनुसार उहाँ प्रधान सेनापति पनि हुनुभएको छ । २३ वर्षको उमेरदेखि राजनीतिमा सक्रिय रहनुभएका बाइडेन ओवामा कार्यकाल २००८ देखि २०१६ सम्म उपराष्ट्रपति हुनुहुन्थ्यो । त्यसैगरी उपराष्ट्रपति कमलादेवी ह्यारिसले पनि राष्ट्रपति पदको सपथ लिनुभएको छ । उहाँलाई न्यायाधीश सोनिया मारिया सोतोमेयरले सपथ गराउनुभएको हो । जमैकन बाबु र भारतीय आमाकी सन्तान ह्यारिस अमेरिकी इतिहासमा सर्वाधिक ठूलो पदमा पुग्ने पहिलो अफ्रिकी तथा दक्षिण एसियाली महिला हुनुहुन्छ ।
विशेष समारोहमा अमेरिकाका पूर्व राष्ट्रपतिहरु, पूर्व प्रथम महिला, संवैधानिक अंगका प्रमुखहरु, नवनियुक्त मन्त्रीहरु उपस्थित हुनुहुन्थ्यो । तर राष्ट्रपतिबाट बहिर्गमन गर्नुभएका डोनाल्ड ट्रम्प भने उपस्थित हुनुभएन । तर उपराष्ट्रपति पेन्स भने आफ्नी पत्नीसहित उपस्थित हुनुहुन्थ्यो ।यस अघि राष्ट्रपतिकी उम्मेदवार एमीक्लो वाउचरले राष्ट्रपति, उपराष्ट्रपतिलगायत सम्पूर्ण उपस्थित महानुभावहरुसमक्ष राष्ट्रपति र उपराष्ट्रपतिको परिचय दिँदै मन्तव्यका साथ स्वागत गर्नुभएको थियो ।
सपथ कार्यक्रमपछि बाडेनले करिब २० मिनेट भाषण गर्दै राष्ट्रिय एकतामा जोड दिनुभयो । उहाँले आजको दिन अमेरिकाको र प्रजातन्त्रको दिनभएको बताउनुभयो । उहाँले आफू सबै अमेरिकनको राष्ट्रपति हुने वचनबद्धता व्यक्त गर्दै आगामी दिन अमेरिकाको लागि चुनौतीपूर्ण छ र त्यसको नेतृत्व गर्र्र्दै यो देशलाई सही बाटोमा ल्याउन आफू तयार रहेको जानकारी पनिदिनुभयो ।
राष्ट्रपति बाइडेन र उपराष्ट्रपति ह्यारिसले आजै भर्जिनियास्थित आर्लिंगटन सिमेटरीमा पुगेर मृत सैनिकहरुप्रति सम्मान व्यक्त गर्नुभएको थियो । ट्रम्पको बिदाइ
सपथ ग्रहण समारोह सुरु हुनु केही घण्टा अघि राष्ट्रपति डोनाल्ड ट्रम्प र प्रथम महिला मेलेनिया ट्रम ह्वाइट हाउसबाट बाहिरिनुभएको थियो । बाहिरिने क्रममा राष्ट्रपति ट्रम्पले आफ्नो चारवर्षे कार्यकालमा थुप्रै सकारात्मक कार्य गरेको जानकारी दिँदै कुनै रुपमा हामी पुनः फर्कन्छौँ भनेर स्वागतार्थ उपस्थित ठूलो समूहलाई आश्वस्त पार्नुभएको थियो । उहाँले आफूलाई सहयोग गर्ने सबैलाई धन्यवाद पनि दिनुभयो ।त्यसपछि उहाँ पत्नीसहित विशेष विमान मार्फत फ्लोरिडा प्रस्थान गर्नुभयो ।
ह्वाइट हाउस छोड्ने क्रममा राष्ट्रपति ट्रम्पले टेबलमा एउटा सानो नोट छोड्नुभएको छ । त्यो नोटमा के लेखिएको छ भनेर अहिलेसम्म कसैले पनि भन्न सकेका छैनन् ।
Copyright © 2015 ::NA Media Pvt. Ltd.::
तपाईको प्रतिक्रिया