” सामाजिक एकता आजको आबश्यकता ”

बिहिबार, साउन ५, २०७४

टिका के.सी.

” सामाजिक एकता आजको आबश्यकता ”

मानिस एक सामाजिक प्राणी हो, ऊ आफ्ना अनेकौं आवश्यकताको लागी  दोस्रो मानिस, समाज, समुदाय सँग अन्तरक्रियात्मक सम्बन्ध स्थापित गरेको हुन्छ।समाज र मान्छेको ब्यबहारमा गहिरो सम्बन्ध हुन्छ।मानिसहरुको बिचार, ब्यबहार क्रियाकलापको प्रभाब एक आपसमा परेको हुन्छ।एउटै व्याक्ति अनेकौं रुपमा अनेकौं ब्यबहार गरेको पाईन्छ। उसको बिचार, भावना तथा ब्यबहार बिभिन्न परिस्थिति मा प्रभाबित भई नै रहन्छ।सामाजिक मनोबिज्ञान लाई बुझेर समाजमा रहेका असमानता लाई समानता को स्वरुपमा ढाल्दै बिचारका पथहरुमा हातेमालो गरी एैक्यबद्धरुपले अगाडी बढ्न सकेमा मात्रै सबल समाजको परिकल्पना गर्न सकिन्छ।

अलग-अलग जाति, धर्म, संस्कृति धनि गरिब बिचको असमानता लाई छिरफार गर्दै बिशुद्ध सामाजिक हक हितको लागी एकता हुनु आजको आवश्कता छ। कुनै समुह बाट शुरु हुने जुनसुकै चिन्तनले समाज र सिङ्गो देशमा नै आमुल परिबर्तन ल्याउन सक्छ भने त्यो केवल एकता बाट मात्र सम्भब छ।जब आफ्नो भावनात्मक सम्बन्ध बढाउनको लागी आफ्नो बिचार, मुल्य तथा अरुको मुद्दा र पिडालाई बाँडिन्छ तब नै समाजका लागी हित प्रदक हुन जान्छ।

बर्तमान परिस्थितीमा हामी युवा बर्गमा सामाजिक हकहितका बारेमा गम्भीर भएर सोच्नु पर्नै नितान्त जरुरीको पाटो बनेको छ। अहिलेको परिस्थितीमा समाज लाई जोडेर एक बन्धनमा बाँध्नको लागी न त कुनै लडाईको जरुरत छ नकी क्रान्तिको नै युवा जागरण र बिचारको मन्थन बाट नै समाजको बिकाशमा टेवा पुग्ने बिभिन्न आधारका स्तम्भ हरु देखीएका छन।

समाजमा बिकराल रुपमा रहेको अशिक्षा तथा गरीबी नै प्रगतिपथ लाई रोक्ने मुल जड हो।यी दुई कारक तत्वले नै मानिसको बौद्दीक एबम शारिरिक बिकासमा अबरोध पुराएको हुन्छ।जब सम्म समाजमा अशिक्षा र गरीबीले जरो गाडेको हुन्छ तब सम्म कुनै समाजको बिकास हुन सक्दैन र समाज पिछडिनु नै देश पिछ्डीनुको मुख्य कारक बन्दछ।यी बिबिध समस्याको हल खोज्नुको दायित्व केबल सरकार र राजनैतिक पार्टीको मात्र नभएर हरेक समाजमा रहेक बुद्दिजिबी तथा युवाको पनि त्यतिकै उत्तरदायित्व रहेको हुन्छ जसको लागी सामाजिक एकताको कडीले अत्यानतै महत्वपूर्ण भुमीका खेलेको हुन्छ।समाजमा देखिएका कुरीती, खराब प्रचलन, अशिक्षा र गरिबी जरै देखी उन्मुलन पार्न युवाहरुकै भाईचार र सामुहिक एकता को आवश्यकता रहेको हुन्छ।

मानब समाज न त कुनै सामाजिक समस्याबाट पूर्ण रुपमा मुक्त छ न त निकट भविश्य मै मुक्त हुने सम्भावना छ तसर्थ आधुनिक समयमा बिध्धमान संचार र शिक्षाको क्रान्ति प्रति मानिसको जागरुकता कायम गर्दै यसै तर्फ संबेधनशिल एबम सजग हुन जरुरी छ जसको लागी सामाजिक सोच अनि बिचारमा एकरुपता हुनु पनि बिकासको अर्को एउटा पाटो हो।हाम्रो समाजमा बिध्धमान गरीबी, अशिक्षा र बेरोजगारी, कृषिमा आधुनिकिकरण लगाएतका कुरा हरुलाई हामा युवा हरुले संसारको हरेक कुनै ठाँउ बाट थोरै मात्रमा पनि टेवा पुराउने हो भने बिबिध कारणले पिछडिएको हाम्रो समाज अनि देशलाई समुन्नतीको बाटो तर्फ डोराउन सकिन्छ। उसो त नेपालमै बिभिन्न संघ संस्था हरु नखोलीएका पनि होईनन र बिकासका कार्ययोजना नल्याएका पनि होईनन तर मुट्ठी भरका ति संघसंस्था ले हाम्रो समाजले चाहेको स्वरुपको परिकल्पना गरेको पाँईदैन। ब्याक्ती बनाऊ भन्ने खराब सोचले ओत्प्रोत हाम्रो समाजलाई बिशुद्दिकरण गर्न आजको आवश्यकता सामाजिक एकता नै रहेको छ।

हरेक जनमानसमा हामी हरेक क्षेत्रमा धेरै पिछडिएको कुरा सर्वबिधित नै छ, अब पनि हामी हरेक सचेत वर्गले नसोचे कहिले र कस्ले सोचि दिन्छ? सबल र शिक्षित समाजको रोड म्याप हामी युवाले एैक्यबद्द ढंगले अघी सारेर बिकासको गति लाई अगाडी नबढाए, हामी नै दोषी हुनेछौं।

-स्याङ्गजा सहयोग समाज साउदी अरेवीया

सम्बन्धित

Related Posts

तपाईको प्रतिक्रिया

प्रतिकृया दिनुहोस

Your email address will not be published. Required fields are marked *


Copyright © 2015 ::NA Media Pvt. Ltd.::