
सोमवार, बैशाख १८, २०७४
घाँटीमा दुखार्इको महसुस भएमा टन्सिलमा संक्रमण भएको हुन सक्छ, जसले गर्दा ज्वरो आउने तथा खोकी लाग्ने समस्या निम्तिन सक्छ । यस्तो अवस्थामा टन्सिल अवलोकन गरियो भने टन्सिल रातो देखिन्छ । साथै, त्यहाँ चिप्लो ‘म्युकस’ वा पिपजस्तो पदार्थसमेत देखापर्न सक्छ । तर, संक्रमण नभई ठूलो मात्र भएको टन्सिलमा यस्ता कुनै लक्षण वा चिह्न देखिँदैन । कहिलेकाहीँ भने टन्सिलको आकार निकै ठूलो भइदिन्छ । मुख खोली हेर्दा पछाडिको फ्यारिङ्सको भित्तो नै छेकिने गरी दायाँ र बायाँ टन्सिल एक–आपसमा झन्डै टाँसिने गरी निस्किएका हुन्छन् । यस्तो अवस्थामा खान त गाह्रो हुन्छ नै, बोल्न पनि समस्या हुन सक्छ । टन्सिलकै कारण दैनिक काममा समेत अप्ठ्यारो पर्न सक्छ । टन्सिलको केयर नगर्दा हुन सक्ने समस्या निम्न छन् :
Copyright © 2015 ::NA Media Pvt. Ltd.::
तपाईको प्रतिक्रिया