
मङ्लबार, असार २१, २०७९
एन.ए.मिडिया न्युज डेस्क
साउदी अरव मध्यपूर्वमा पर्ने नेपालीहरुको एक वैदेशिक रोजगारको गन्तव्य हो र यहा सरकारी तथ्यांक अनुसार तीन लाख पैसठ्ठी हजार पुरुष श्रमिक(३,६५००० ) तथा चालिस हजार (४०,०००) हाराहारी महिला श्रमिक रहेको बुझिन्छ ।
वैदेशिक रोजगारमा गएका सबै जसो श्रमिकको सपना मिहिनेत गरेर आफ्ना घर परिवार र आफ्नाहरुको भविस्य उज्वल बनाउने रहे पनि हाल आएर विभिन्न किसिमका घटना बाहिरीएका छन् केही दिन अगाडी एक जना मोरंग निवासी मिना बुढाथोकी नामक महिला जो साउदी अरवको तामिमी कम्पनीमा कार्यरतले एन ए मिडियामा कल गरेर गुनासो पोखिन उनको गुनासो नेपाल घर सुर्खेत भई हाल साउदी अरवमा बस्ने रेशम खत्री नामक व्याक्तीले आफ्नी देउरानी तारा बुढाथोकीको २००० साउदी रियल पैसा र मोबाईल खोसी उनको मोबाईलमा बाट परिवारमा विभिन्न किसिमका तस्वीर पठाएको भन्ने गुनासो पोखे पछी एन मिडियाले उक्त रेशम खत्रीलाई सम्पर्कमा ल्याउन साउदी अरव स्थित विभिन्न संघ संस्थाहरुलाई जानकारी गराई सम्पर्कमा ल्याई निज रेशम खत्रीसग बुज्दा पिडित दुई महिला नभई रेशम खत्री भएको बुजिन आएको छ ।
रेशमका अनुसार एक वर्ष अघि देखि उक्त मिना बुढाथोकी संग फोनमा कुराकानी भैरहेको र समय वित्दै जादा कुराकानी आर्थिक लेनदेनमा अनि अनेकन सरसहयोगमा रुपान्तरण भएको हो र मसंग मिनाले पचास हजार नेपाली नेपाल पठाउन भनेर परिवारमा पठाई दिएको थिए र ६२१ साउदी रियलको वाईफाई मीनाको रुममा लगाई दिएको थिए ६२१ साउदी रियल नेपाली साटाईमा २१ हजार हुने हुदा मिनाले मलाई टोटल ७१ ००० एकत्तर हजार दिनु पर्नेमा भतिजीलाई ३२ हजार दिएकी छु भनेकी छन तर पैसा पठाएको कुनै प्रमाण मलाई अहिले सम्म पाएको छैन तथा दिनु भन्दा पहिला मलाई नसोधी दिएको हुनाले प्रमाण नपाए सम्म मेरो हिसाव एकत्तर हजार लिनु पर्ने देखिन्छ र तारा बुढाथोकीलाई घरमा जरुरी छ पठाईदिनु भने लगत्तै चार लाख (४००,००० ) नेपाली पटक पटक गरी पठाएको बैक रशीद सहित एन ए मिडियामा पठाएका थिए ।
सो प्रमाण सहित मिना र तारा संग सम्पर्क गर्दा उक्त रकम तिर्न भएको स्वीकार गरेका छन् मिनाका अनुसार वाई फाईको पैसा महिले जान्दिन ५० हजार दिनु पर्नेमा ३२ हजार रेशमको भतिजीलाई दिई सकेको र बाकी १८००० छिट्टै दिने बताएकी छन् भने ताराले पनि हिसाव गरेर लिन आऊ भन्ने अडियो एन ए मिडियालाई प्राप्त भएको छ आशा गरौ रेशम खत्रीले पाउनु पर्ने आर्थिक कानुनी बाटो सम्म नपुगी टुग्गीयोस् । अन्यथा रेशम खत्रीले कानुनको ढोकासम्म सप्रमाण जाने पनि एन मिडियालाई भनेका छन् ।
मिना र ताराको नियतमा केही खोट देखिन्छ नातामा देउरानी जेठानी भएको खुल्न आएको छ । यो जानकारीमुलक समाचार सबैको लागि सिक बनोस ।
Copyright © 2015 ::NA Media Pvt. Ltd.::
तपाईको प्रतिक्रिया