सुगर कन्ट्रोलमा आएपछि औषधी छोड्न मिल्छ कि मिल्दैन ?

आइतवार, असार १२, २०७९

सुगर कन्ट्रोलमा आएपछि औषधी छोड्न मिल्छ कि मिल्दैन ?

यो एकदमै स्वभाविक जिज्ञासा हो किनभने धेरैजसो रोगहरूमा औषधी खाएर ठिक भइसकेपछि औषधी छोड्ने गरिन्छ। र सुगरमा पनि यस्तो लाग्नु स्वभाविक हो। तर सुगर अर्थात मधुमेह रोग भने अलि फरक छ। शरीरमा आवश्यकता भन्दा बढी सुगर देखिनुको कारण हामीले खाएको सुगर शरीरले प्रयोग गर्न नसक्नु अर्थात त्यसलाई प्रयोग गर्ने हर्मोन इन्सुलिन कम हुनु अथवा त्यसले राम्रो काम गर्न नसक्नु नै सुगर देखिनु हो।

एकदम पहिलो स्टेजमा छ थोरै बढेको छ भने कतिपय बिरामीले आफ्नो जीवनशैलीमा परिवर्तन ल्याएर पनि कन्ट्रोल गर्न सकिन्छ। भन्नाले सुगरको मात्रा नै कम खाने गुलियो बढी भएका खाने कुराहरू नखाने, बोक्रा भएको खानेकुराहरू साग सब्जीहरू बढी खाने, शारीरिक अभ्यास व्यायाम धेरै गर्ने, आफुले खाएको खानेकुराहरू शरीरमा प्रयोग हुनसक्ने गरेरै व्यायाम गर्नुपर्छ। अनावश्यक तौलहरू नबढाउने अथवा धेरै छ भने घटाउने र तनाव मुक्त हुन खोज्ने गर्नुपर्छ। यस्तो गर्नाले पहिलो स्टेजमा भएको सुगर छ भने कन्ट्रोलमा आएको पनि देखिन्छ।

तर त्यसो गर्न पनि सकिएन र गरेर पनि भएन भने सुगर धेरै बढ्यो, इन्सुलिनले राम्रो काम गर्नै सकेन भने औषधी खानुपर्ने हुनसक्छ त्यस्तोमा औषधी छोड्नु हुदैन। यसमा कहिलेकाही एउटाले नपुगेर दुइटा पनि लिनुपर्ने हुन्छ कहिलेकाही औषधीले मात्र नपुगेर इन्सुलिन पनि लिनुपर्ने हुन्छ। तसर्थ कत्तिको आफ्नो सुगर कन्ट्रोल भएको छ त्यसमा भर पर्छ।

राम्रोसँग कन्ट्रोल भयो र जीवनशैली परिवर्तनले औषधी घटाउने सकिने पनि अवस्था आउनसक्छ। तर सुगरको कन्ट्रोल भएन भने औषधी छोड्न मिल्दैन यसलाई निरन्तरता दिनुपर्ने हुन्छ छोडियो भने शरीरमा अरू खराबी देखिने हुन्छ। तर जीवनशैलीमा परिवर्तन गरेर केही समय कोसिस गर्ने चाहिँ हुनसक्छ। त्यसो भन्दाभन्दै सुगर नै धेरै राखेर जीवनशैलीलाई मात्र परिवर्तन गरेर सुगरलाई धेरै बढ्नदिनु हुदैन।

सम्बन्धित

Related Posts

तपाईको प्रतिक्रिया

पोपुलर


Copyright © 2015 ::NA Media Pvt. Ltd.::