सृष्टि महिला समूह,ललितपुर ले ६५ मजदुर तथा विपन्न परिवार लाई राहत वितरण गर्यो

सोमवार, बैशाख २९, २०७७

सृष्टि महिला समूह,ललितपुर ले ६५ मजदुर तथा विपन्न परिवार लाई  राहत वितरण गर्यो

सृष्टि महिला समूह ललितपुरले आर्थिक अवस्था कमजोर भएका मजदुर तथा विपन्न परिवारलाई खाद्यान्न वितरण गरेको छ। समूहले सोमबार मजदुर तथा आर्थिक अवस्था कमजोर भएका ६५ परिवारलाई खाद्य सामग्री वितरण गरेको हो। प्रतिपरिवार एक बोरा चामल, नुन, तेल लगायतका सामग्री वितरण गरिएको समूहले जनाएको छ।

जापानी नागरीक डाइसुके कियामाकी र समूह अध्यक्ष पार्वती डंगोल राउतको आर्थिक सहयोगमा खाद्यान्न वितरण वितरण गरिएको हो। कोरोना भाइरस संक्रमणको त्रासका कारण सरकारले देशव्यापी लकडाउन गरेपछि आर्थिक अवस्था कमजोर भएका थुप्रैलाई बिहान-बेलुकाको गर्जो टार्न मुस्किल परिरहेको छ।

सृष्टि समुहले १ लाख ६५ हजार बराबरको राहत सामग्री ६५ परिवारलाई वितरण गरिएको जानकारी दिएको छ। राहत वितरण कार्यक्रममा नोमोजी पोलिक्लिनिक को तर्फबाट राहत लिन आउनेहरुको ज्वरो परीक्षण समेत गरिएको थियो।

सम्बन्धित

Related Posts

तपाईको प्रतिक्रिया

प्रतिकृया दिनुहोस

Your email address will not be published. Required fields are marked *


Copyright © 2015 ::NA Media Pvt. Ltd.::