सेयर बजार र अध्यक्ष प्रचण्डको अभिव्यक्ति

आइतवार, पुस ११, २०७८

प्रा.डा महेन्द्र सिंह राजपुत

सेयर बजार र अध्यक्ष प्रचण्डको अभिव्यक्ति

कोरोनाकालमा लाखौँ मानिसको ज्यान मात्र गुमेन विश्वका अर्थतन्त्र र धितोपत्र बजारले पनि ठूलै नोक्सानी व्यहोर्नु पर्यो । अमेरिका, बेलायत, फ्रान्स, इटली, जर्मनी र स्पेनको अर्थ व्यवस्था र पूँजी बजारमाथि कोरोनाको प्रभाव बारे अनुसन्धान गर्ने पहिलो व्यक्ति O. Ozkan अनुसार विश्वका ठूला देशको पूँजी बजारमा कोभिड–१९ ले नराम्रो असर पारेको छ । तर अचम्मको कुरा के छ भने संसारभरी नै धितोपत्र बजार ओरालो लागेको बेला नेपालको सेयर बजारमा अपत्यारिलो रौनक थियो । कुल आर्थिक आकार रु ३७ खर्बको हाराहारीमा रहेको नेपालमा लकडाउनको बेला सेयर बजारको पूँजीकरण रु ४३ खर्बमा पुग्यो । यो मुलुकको कुल G.D.P. भन्दा पनि ठूलो हुन पुग्यो, कसरी ?

बैंकहरु स्वयम equity share मा लगानी गर्न थाले, खातामा पैसा नभए पनि केहि ग्राहकहरुलाई एक निश्चित सीमा सम्म रकम झिक्ने (overdraft) सुविधा प्रदान गरे, overdraft लिएको रकम सेयर बजारमा लगानी गर्न बैंकले नै सल्लाह दिन थाले, मार्जिन लेंडिङ्ग उदार भयो, online trading को सुविधा उपलब्ध भयो । घर बाहिर जानु परेन, कोठामा बसीबसी Laptop-mobile को माध्यमबाट सेयर किन मेल गरी केहि लगानीकर्ता करोडौं आर्जन गर्न पुगे । दुई चारवटा नाफामा संचालित संस्थाको सेयर मूल्यमा कृत्रिम वृद्धि गरी सुस्त रहेका कम्पनीहरुको सेयर मूल्यमा पनि अप्रत्याशित वृद्धिको अवस्था सिर्जना भयो । बैंक, विचौलिया र केहि लगानीकर्ता मालामाल भए । O. Ozkan ले यस्ता प्रवृतिलाई असामान्य नाफा कमाउने उद्देश्यले गरिएको कृत्रिम मूल्य निर्धारण (Mispricing for abnormal profit) भनेर भनेका छन् । सारांशमा भन्ने हो भने लकडाउनको बेला सेयर बजारमा आएको उथलपुथल भनेको Mispricing ले गर्दा हो अन्य कुनै गहकिलो कारण होइन । यसबाट न साना सेयर लगानीकर्तालाई फाइदा भयो, न उत्पादन बढ्यो, न वेरोजगारी घट्यो न अर्थतन्त्र फस्टायो । Money begets Money (पैसाले पैसा कमाउँछ) भन्ने भनाई मात्र सार्थक भयो । अर्थतन्त्रले सकारात्मक दिशा लिन सकेन ।

केहि समयपश्चात् कोरोनाको प्रभाव घट्न थाल्यो । विश्व अर्थ व्यवस्थामा पुनरुत्थान र सबलीकरणको पाइलाहरु चाल्न थालियो । नेपालमा नियामक संस्थाहरु पनि सक्रिय भए । अर्थ व्यवस्था चलाएमान भयो र लगानीकर्ताले लगानी गर्ने विकलपहरु भेट्टाए । सेयर बजार विस्तारै शिथिल हुन थाल्यो । सेयर मूल्यमा गिरावट आयो । सेयर बजार ओरालो लागेको केहिदिन पश्चात ने.क.पा. (माओवादी) अध्यक्ष प्रचण्डको अभिव्यक्ति जन समक्ष आयो । अध्यक्ष प्रचण्डले धितो बजारबारे दिएको वक्तव्यमा राजनीति हुँदै होइन, विशुद्ध प्राज्ञिक विचार प्रस्तुत भएको छ । धितोपत्र बजार साम्राज्यवादको विकसित रुप हो भन्ने अध्यक्ष प्रचण्डले निर्णय सुनाएको होइन, बरु हो वा होइन बारे अध्ययन र अनुसन्धान हुनु पर्दछ भन्ने वहाँको प्रस्ताव हो । अध्यक्षको वक्तव्यलाई प्राज्ञिक वाहेक अन्य अर्थमा लिनुको कुनै अर्थ छैन । विश्वबैंक र मुद्दा कोष जस्ता संस्थाहरुले आ–आफना घोषित उद्देश्य अनुरुप कार्य गर्न नसकेको र केहि मुठीभर पूँजीपतिको पक्षपोषण गरिरहेको आरोप यी Bretton woods संस्थाप्रति अन्य मुलुकमा मात्र होइन अमेरिकामा पनि यी संस्थाहरुको क्रियाकलाप बारे ठूल्ठूला अनुसन्धान र अनुसन्धानकर्ताको आलोचनात्मक निचोड पढन पाइन्छ । FAQ (Frequently Asked Questions) Website को page मा विश्व बैंक बारे गहन छलफल नै चलेको छ । विश्व बैंक र मुद्राकोषले आ–आफ्ना घोषित उद्देश्य अनुसार विकासोन्मुख मुलुकका लागि काम गर्नु पर्दछ भने मात्र अध्यक्ष प्रचण्डको आशय हो भन्ने हामी सबैले बुझ्नु पर्दछ ।

अर्को कुरा, अध्यक्ष प्रचण्डको वक्तव्यबाट सेयर बजार घटेको हो भने टिप्पणी आएको देखिन्छ । यसमा कुनै सत्यता छैन । सेयर मूल्य निर्धारणमा राजनीतिको भूमिका नगण्य नै हुन्छ । सेयर किन्नु Equity किन्नु हो । सेयरमा लगानी गर्नु आर्थिक व्यवसाय हो । सेयर लगानी राजनीति होइन । लगानीकर्ता कसैको अभिव्यक्ति भन्दा व्यवसायिक Fundamentals ले निर्देशित हुन्छ । अल्पकालमा फाइदा खोज्ने लगानीकर्ता सेयरमा उछार आउँदा लगानी गर्न तत्पर हुन्छ । जबकि दीर्धकालिन सोच राख्ने लगानीकर्ताले सेयर बजार ओरालो लागेको बेलामा पनि लगानी गर्दछ र भविष्यमा सेयर मूल्य वृद्धिबाट नाफा कमाउँछ । अतः सेयरमा उतारचढाव भन्दा सेयरमा लगानी समग्र आर्थिक परिदृष्य (Economic landscape) र लगानीकर्ताकाे सोचको दायरामा भर पर्ने चीज हो, वक्तव्य वा मन्तव्यले सेयर बजार सपार्ने वा बिगार्ने होइन ।

अमेरिकाको S & PP 500 companies (जसमा पाँच सय कम्पनीहरु सुचीकृत छन्) ले सन् १९७३ – २०१६ अर्थात ४३ वर्ष सम्म सफलता साथ निरन्तर नाफा आर्जन गर्यो । उक्त ४३ वर्षमा डेमोक्रयाट र रिपब्लिकन दुबै पार्टी सतामा आए तर S & PP को सेयर बजार प्रभावित भएन । अर्थात सेयर बजार समान्यतयाः सत्ता परिवर्तनबाट होइन, व्यवसायिक प्रतिफलबाट संचालित हुन्छ । पुनश्चः – अमेरिकामा राष्ट्रपति बुसपछि क्लिङ्टन निर्वाचित भएर आए । बुशको पालादेखि नै अमेरिकाको धितोपत्र बजारमा देखापरेको उतारचढाव क्लिङ्टनको शासनकालमा पनि शुरुको वर्षमा स्थिर भएन । क्लिङ्टनको सर्वत्र आलोचना हुन थाल्यो । राष्ट्रिपति भवनबाट सेयर बजारको उथलपुथल बारे बक्तव्य आयो । “सेयर बजार भनेको अर्थशास्त्रको नियम अनुसार चल्ने हो, सत्ता र नेताको परिवर्तनबाट होइन ।” भन्ने राष्ट्रपतिको सल्लाहाकार James Carville ले गरेको टिप्पणीले धेरै चर्चा पायो । सेयर बजारको उथलपुथल बारे वहाँको भनाइ थियो । यो अन्य कारणले होइन यसको पछाडि आर्थिक कारण हो ।

(It is economy stupid).

  • प्रा.डा सिंह साउदी अरबका लागी नेपालका पुर्व राजदुत हुन ।

सम्बन्धित

Related Posts

तपाईको प्रतिक्रिया

Copyright © 2015 ::NA Media Pvt. Ltd.::