सोचेभन्दा धेरै खतरनाक छ कोरोना, यसरी अचानक बनायो शारीरिक अशक्तता !

बिहिबार, साउन १५, २०७७

सोचेभन्दा धेरै खतरनाक छ कोरोना, यसरी अचानक बनायो शारीरिक अशक्तता !

कोरोना भाइरसको महामराी सारा विश्वमा नै तीव्र रुपमा फैलिरहेको छ ।

वैज्ञानिकहरु कोरोनाविरुद्धको भ्याक्सीन बनाउन अहोरात्र खटिएपनि अहिलेसम्म पूर्ण सफलता हात लाग्न सकेको छैन ।

यसैबीच अमेरिकाको लस एन्जिल्समा बस्ने एक व्यक्तिलाई कोरोनाले शारीरिक अशक्तता बनाएको छ । ग्रेग गारफील्ड नामका ति व्यक्ति संक्रमित भएको दुई महिनासम्म अस्पतालमा रहेका थिए । उपचारको बेला उनले गम्भीर समस्याहरु झेल्नुपर्यो ।

उनका हातको औँला समेत काट्नुपरेको छ । ५४ वर्षका उनी भन्छन्, ‘जब कोरोना उनको देशमा फैलिन शुरु भयो, म त्यहि बेलाबाट नै संक्रमणको चपेटामा परेको थिएँ, म इटाली साथीहरुसँगै घुम्न गएको थिएँ, त्यहाँबाट फर्किएको केहि दिन पछि म बिरामी भएँ । परीक्षण गर्दा कोरोना संक्रमण पाइयो, म मात्र होइन, मसँग गएका साथीहरु पनि संक्रमित भए ।’

अमेरिकाको एक अस्पतालमा उनलाई कोरोनाको पहिलो संक्रमितका रुपमा भर्ना गरिएको थियो । भर्ना पछि दोश्रो दिननै उनको अवस्था जटिल बन्दै गयो र उनलाई भेन्टिलेटरमा राखियो । डाक्टरले पनि उनी बच्ने अनुमान जम्मा एक प्रतिशत मात्र गरेका थिए ।

ग्रेगको फोक्सोमा गम्भीर समस्या हुनुका साथै सेप्सिस र किड्नी तथा लीभर फेल भएको समस्यासँग लड्नुपर्यो ।

उनलाई ठीक हुन ६४ दिन लाग्यो । ति मध्ये ३१ दिन उनी भेन्टिलेटरमा रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्इमहरले बताएका छन् । र अन्त्यमा ८ मेमा उनी अस्पतालबाट डिस्चार्ज भए । तर त्यो बेलासम्म उनको जीवन परिवर्तन भईसकेको थियो ।

उनी साधारणबाट शारीरिक अशक्ततामा परिणत भएका थिए । उनका दुबै हातका औँला कोरोनाका कारण काट्नुपरेको थियो ।

रक्तप्रवाहमा समस्या भएकोले उनको औँला काट्नुपरेको डाक्टरले बताएका छन् ।

सम्बन्धित

Related Posts

तपाईको प्रतिक्रिया

प्रतिकृया दिनुहोस

Your email address will not be published. Required fields are marked *


पोपुलर


Copyright © 2015 ::NA Media Pvt. Ltd.::