स्थानीय तहको सिफारिसमा उपत्यका भित्रन दिईने, होम क्वारेन्टाइनमा बस्ने प्रतिबद्धता अनिवार्य

सोमवार, असार १५, २०७७

स्थानीय तहको सिफारिसमा उपत्यका भित्रन दिईने, होम क्वारेन्टाइनमा बस्ने प्रतिबद्धता अनिवार्य

कोभिड-१९ संकट व्यवस्थापन केन्द्र(सीसीएमसी)ले अनिवार्य होम क्वारेन्टाइनमा बस्ने प्रतिबद्धतासहित स्थानीय तहबाट सिफरिस लिएर आउनेलाई उपत्यका भित्रिन दिने निर्णय गरेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मापदण्डअनुसार स्थानीय तह, वडा कार्यालय र प्रहरीको सिफारिस लिएर आएमा होम क्वारेन्टाइनमा बस्ने प्रतिबद्धतासहित उपत्यका भित्रिन दिने निर्णय सीसीएमसीले गरेको हो।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव महेन्द्र गुरागाईंले स्वास्थ्य मन्त्रालयको मापदण्डअनुसार १४ दिन होम क्वारेन्टाइनमा बस्ने गरी स्थानीय तह र प्रहरीको सिफारिस लिएर आउन दिने निर्णय सीसीएमसीले गरेको हो। हवाई तथा स्थलमार्गबाट आउने सबैमा सो निर्णय लागू हुने उनले बताए।

सीसीएमसीले क्वारेन्टाइनमा स्वास्थ्य सामग्री वितरण गर्न मन्त्रालयको अनुमति पनि अनिवार्य गर्ने निर्णय गरेको छ। संक्रमणको जोखिमलाई मध्यनजर गर्दै यस्तो निर्णय गरिएको उनको भनाइ छ।

सम्बन्धित

Related Posts

तपाईको प्रतिक्रिया

प्रतिकृया दिनुहोस

Your email address will not be published. Required fields are marked *


Copyright © 2015 ::NA Media Pvt. Ltd.::