स्याङ्गजा सहयोग समाज अन्तराष्ट्रिय समन्वय समितिको ११ औ साधारण सभा कोभिड-१९ कोरोना भाईरसको कारणले भर्चुअल माध्यामबाट भव्य रुपमा सम्पन्न ।

आइतवार, कार्तिक २३, २०७७

स्याङ्गजा सहयोग समाज अन्तराष्ट्रिय समन्वय समितिको ११ औ साधारण सभा कोभिड-१९ कोरोना भाईरसको कारणले भर्चुअल माध्यामबाट भव्य रुपमा सम्पन्न ।

प्रमुख अतिथिमा नेपाल सरकार भुमि व्यवस्था सहकारी तथा गरिवी निवारण मंत्री माननीय पद्मा कुमारी अर्याल ज्यु उपस्थिती
 
स्याङ्गजा सहयोग समाज अन्तराष्ट्रिय समन्वय समितिले २०१९/२०२१ को कार्यकालको एक वर्ष पुअरा गर्दै गर्दा ११औ साधारण सभा सम्पन्न गरेको छ । कार्यक्रम २२ कार्तिक २०७७ को दिन दिनको ठिक एक बजेबाट भर्चुअल माध्यामबाट सस्था अध्यक्ष जीवन न्येउपानेको सभापतित्वमा भएको  थियो  । उक्त कार्यक्रम दुई चरणमा संचालन गरिएको थियो । पहिलो चरणको कार्यक्रम सस्थाका महासचिव हेमन्त रानाभाटले संचालन गर्नु भएको थियो भने दोस्रो चरणको कार्यक्रम स्याङ्गजा सहयोग समाज अन्तराष्ट्रिय समन्वय समिति एसिया प्यासिफिक संयोजक राजेश पाण्डे द्वारा संचालन भएको थियो । रास्ट्रिय गीतको गुन्जनबाट शुरु गरिएको उक्त कार्यक्रमको स्वागत मन्तव्य ११ औ साधरण सभाका सम्योजक थर्क सेन ठकुरीले दिनु भएको थियो । कार्यक्रममा स्याङ्गजा जिल्लाका नगर प्रमुख ,गाउ पालिकाका प्रमुख ,स्याङ्गजा सहयोग समाज अन्तराष्ट्रिय समन्वय समितिका सल्लाहकार ,संरक्षक  तथा विश्व भरि छरिएर रहेका स्याङ्गजा सहयोग समाज रास्ट्रिय समितिका अध्यक्षहरुको उपस्थित रहेको थियो ।
 
शुभ कामना मन्तव्य दिदै स्याङ्गजा सहयोग समाज अन्तराष्ट्रिय समन्वय समितिका सस्थापक अध्यक्ष अनन्त कुमार श्रेष्ठले विस्वमामा रहेका स्याङ्गजा सहयोग समाजका रास्ट्रीय समितिहरुलाई जोड्न बनाइएको एक पुल रहेको र जुन पुलबाट संसारभर रहेका स्याङ्गजाबासीहरु आफ्नो जिल्लाको दिगो विकासको लागि नेपाल सरकार तथा स्थानीय निकाय सग सहकार्य गरी निकट भविस्यमा अगाडी बढ्नु पर्ने र परि आएको बेला गृह जिल्लाको चौतर्फी विकासको अभियानसम्म चलाउनु पर्ने भनाइ राख्दै आफ्नो शुभ कामना मन्तव्य राख्नु भएको थियो । शुभ कामना दिने क्रमममा लगातार फेदी खोला गाउपालिकाका अध्यक्ष घन श्याम सुबेदी व्यावसायी कृषिका लागि स्थानीय तहमा जग्गा चक्लाबन्दी गरी लगानी कर्ताहरुका निमित्त सहज बातावरण तय गर्ने योजना रहेको र विदेशबाट फर्किनु भएका साथीहरुलाई आफु सधै व्यावसायीक सहजकर्ता बन्न तयार रहेको भनाई राख्दै स्याङ्गजा सहयोग समाजको भईरहेका काम र हुने योजनाहरुको सफलताको कामना गर्नु भयो । यसै बीच शुभ कामाना दिने क्रममा काली गण्डकी गाउ पालिकाका प्रमुख खिम बहादुर थापाले स्याङ्गजा सहयोग समाजको सफलताको कामना गर्दै विस्वो भरि छरिएर रहेका स्याङ्गजालीहरु आफुले सिकेको सिप र धेरै थोरै आर्जन गरेको आर्थिक आफ्नै जिल्लामा लगानी गरेमा गृह जिल्ला समृद्द हुन् समय नलाग्ने बताउनु भयो । शुभ कामना कै क्रममा वालिंग नगर पालिकाका नगर प्रमुख दिलिप प्रताप खाणले संसार भर फैलिएका उत्पादनशील स्याङ्गजालीहरु आफ्नै जन्मभूमिमा फर्की स्थानीय स्तरमा नै उत्पादन बृद्दी गरेमा स्थानीय उत्पादन नै आफ्नो ठाउमा खपत गर्न सकिने र बाहिरबाट मगाउनु पर्ने धेरै उतपादनमा भर पर्नु नपर्ने भनाई राख्दै वैदेशिक रोजगारीमा रहेका साथीहरुले यसै सस्था स्याङ्गजा सहयोग समाज मार्फत लगानी ली आएमा जुन सुकै क्षेत्रमा लगानी लगाउन र सहयोग गर्न आफु तयार रहेको जानकारी गराउनु भएको थियो ।
 
११ औ साधारण सभा कार्यक्रामका प्रमुख अतिथि नेपाल सरकार भुमि व्यवस्था सहकारी तथा गरिवी निवारण मंत्री माननीय पद्मा कुमारी अर्यालले स्याङ्गजा सहयोग सामाज अन्तराष्ट्रिय समन्वय समितिले विश्व भरि छरिएर रहेका स्याङ्गजाबासीहरुको साझा छाताको रुपमा देशको नै नमुना सस्थाको रुपमा आफुलाई चिनाउन सफल भएकोमा आफु हर्षित भएको र समाजले जिल्ला विकास र समुन्नत बनाउन देखाएको इच्छा र चिन्ताको उच्च सम्मान गर्दै चरण बद्दरुपमा सस्थाका वर्तमान तथा पुर्व अध्यक्ष लगाएत पदाधिकारीहरु सित भेट गरी सहयोगको अपेक्षालाई मध्यनजर गर्दै सस्थागत सामुहिक लगानी, कृषि उध्मशिलता तथा सहकारी स्थापनाका निमित्त सरकार मंत्री आफु र सस्थाका पदाधिकारी बसेर भाबी योजना तय गर्न तयार रहेको दर्शाउदै कोभिड-१९ को कारणले जिल्लामा मात्र नभई सिङो देशमा नै बिकासका काम द्रुतगतिमा हुन् नसकेको तर निकट भाबिस्यामा यो सबै समस्यालाई पार गर्दै सुरक्षित रही समृद्द नेपालको सपना साकार पार्न अघि बढिरहेको तथा परम्परागत कृषिबाट माथि उठी प्रतिस्पर्धामक कृषि प्रणालीमा जान सबै अग्रसर रहेमा देश समृद्द बन्न समय नलाग्नेमा जोड दिनु भएको थियो । यसको लागि सरकारले भुमित बैंक स्थापना गरी बाजो रहेको जग्गामा स्थानीय सरकारालाई  जिम्मा दिई उचित कार्य योजना लिएर आउनेलाई  वितरण गरि आय तथा उत्पादन मुलक काममा जनतालाई प्रोत्साहन गर्ने योजनाको पनि जानकारी गराउदै सस्थाको हरेक क्षेत्रको बिकासको सफलताको कामना गर्नु भएको थियो ।
यस लगत्तै पहिलो चरणको कार्यक्रम समापन गर्दै सस्थाका अध्यक्ष जीबन न्ययूपानेले जिल्लालाई हरेक तह र तप्काबाट माथि उठाउन जिल्ला भित्र रहेको कृषि,शिक्षा,स्वास्थ्य अनि पर्यटनमा लगानी भित्याउन नेपाल सरकार, स्थानीय सरोकारवाला र जिल्लाका विस्वमामा छरिएर रहेका स्याङ्गजालीहरु एक हुनु पर्नेमा जोड दिनु भएको थियो । तत्पश्चात दोस्रो चरणको कार्यक्रम शुरु भएको थियो जसमा कोषाध्यक्ष खगेन्द्र गह्रेले सस्थाको कार्यसमितिको कार्यकाल २०१९/२०२१ रहे पनि एक वर्ष भित्र भएका १० पेज लामो आर्थिक प्रतिवेदन पेश गर्नु भएको थियो । अन्त्यमा कार्यक्रम संचालक राजेश पाण्डेले कोरोनाको कारण भर्चुअल माध्याममा राखिएको ११ औ साधारण सभा कार्यक्रममा उपस्थित भै कार्यक्रम सफल बनाउन सहयोग गर्नु हुने प्रमुख अतिथि ज्यु,स्थानीय नगर प्रमुख ज्युहरु स्याङ्गजा सहयोग समाज अन्तराष्ट्रिय समन्वय समितिका कार्य समितिका पदाधिकारी ज्युहरु, प्रमुख सल्लाहकार , सल्लाहकार संरक्षक ज्युहरु र संसार भरिका स्याङ्गजा सहयोग समाज रास्ट्रीय सामान्य समितिका अध्यक्ष ज्युहरु प्रति आभार प्रकट गर्दै कार्यक्रम समापन गर्नु भएको थियो ।
 
 
 
 
 
 

सम्बन्धित

Related Posts

तपाईको प्रतिक्रिया

प्रतिकृया दिनुहोस

Your email address will not be published. Required fields are marked *


Copyright © 2015 ::NA Media Pvt. Ltd.::