स्याङ्गजा सहयोग समाज साउदी अरवद्वारा पिडित रोकालाई आर्थिक सहयोग

शनिबार, अशोज २४, २०७७

स्याङ्गजा सहयोग समाज साउदी अरवद्वारा पिडित रोकालाई आर्थिक सहयोग

तस्वीर :लाल सिर्पाली 

स्याङ्गजा सहयोग समाज साउदी अरवले  बिगत ७ महिनादेखि सफर जेलमा नेपाल जाने खर्चको अभावमा रहेका नेपाल सल्यान निवासी टिका राम रोकालाई सहयोग गरेको हो  ।

नेपाली दुतावासले घर फिर्ती जेल भिजिटको क्रममा सबै प्रक्रिया पुरा भई सकेर पनि नेपाल फर्कन टिकट र अन्य खर्चको अभावमा घर जान नसकेका सल्यान निवासी टिका राम रोकालाई भेटे लगतै  संस्थागत सहयोगको लागि स्याङ्गजा सहयोग समाज साउदी अरवमा सहयोगको अनुरोध गरे पछी संस्थाका अध्यक्ष पारस काफ्ले ,महासचिव दिपक ठकुरी ,कोषाध्यक्ष टिकाराम भुषालको सक्रियतामा रोकालाई सस्थाको त्रैमासिक कोषबाट साउदी अरवको दम्माम देखि काठमाडौंसम्मको प्लेन टिकेट तथा कोरोन्टाँईन खर्चको लागि साउदी रियल सा.रि . २२५० प्रदान गरेको सस्थाका अध्यक्ष पारस काफ्ले ले एन ए मिडियालाई जानाकारी  गराएका छन् ।

स्याङ्गजा सहयोग समाज साउदी अरव स्थापनाकाल देखि नै  बैदेशिक रोजगारीमा आउने र  कुनै कारण पनि समस्यामा परेका नेपालीहरु तथा गृह जिल्ला लगाएत नेपालमा भैई  परि आउने  सम्पूर्ण  पिडामा हातेमालो गरिरहेको गैर राजनीति, गैर नाफामुखी  सस्थाको नाममा परिचित संस्था बिझिन्छ  यो विश्वका दुई दर्जन देशमा स्थापित र यसको अन्तर्राष्ट्रिय समन्वय परिषदको कार्यालय पनि स्याङ्गजामा रहेको छ ।

सम्बन्धित

Related Posts

तपाईको प्रतिक्रिया

प्रतिकृया दिनुहोस

Your email address will not be published. Required fields are marked *


Copyright © 2015 ::NA Media Pvt. Ltd.::