स्याङ्गजा सहयोग समाज साउदी अरवको चौथो अधिवेशन सांगेतिकधमाका सहित रियाधमा हुने तयारी अन्तिम अवस्थामा

आइतवार, कार्तिक २८, २०७८

बाल कृष्ण पंगेनी

स्याङ्गजा सहयोग समाज साउदी अरवको चौथो अधिवेशन सांगेतिकधमाका सहित रियाधमा हुने तयारी अन्तिम अवस्थामा

स्याङ्गजा सहयोग समाज साउदी अरवको चौथो अधिवेशन  साउदी अरवको मध्ये क्षेत्र रियाधमा हुने भएको छ ।

आउदो शुक्रबार १९ नोभेम्बर २०२१ मा हुन् लागेको अधिवेशन कोरोनाको कहरको कारणले पाच महिना पछी हुन् लागेको सस्थाका अध्यक्ष पारस काफ्लेले एन ए  मिडियालाई जानाकारी दिएका छन् ।  स्याङ्गजा सहयोग समाज साउदी अरव २०१५  को स्थापन काल देखि नै नेपाल तथा साउदी अरवमा हुने हरेक दैवी प्रकोप देखि श्रमिक समस्यालाई दुतावाससँग समन्वय गरी समाधान तथा उद्दार कार्य गरि रहेको संस्था भएकोले यसको अधिवेशनमा पनि सम्पूर्ण साउदी अरवमा कार्यरत नेपाली मनहरु उपस्थित भैई संस्थामा बन्ने नया कार्य समितिलाई बधाई अनि शुभ कामना दिन तथा सांगेतिक धमाकामा रम्न अनुरोध पनि गरेका छन्  ।

विभिन्न  संघ सस्थालाई आधिरिक पत्र पठाई सकेको तर कुनै समस्याले प्राप्त नभएमा  यो समाचारलाई पत्र स्वीकारी सबैको उपस्थिति भैदिन समेत अध्यक्ष काफ्लेले अनुरोध गरेका छन्  ।

कार्यक्रम १९ नोभेम्बर २०२१ को दिन रियाधको एक्जीट १८ मा अबस्थित म्यारिज स्तरामा बिहान १० बजे देखि विभिन्न स्थानीय कलाकारका सास्कृतिक धमाका  सहित हुने पनि तयारी समितिका संयोजक गोपाल पंगेनीले जानकारी गराएका छन्  ।

सम्बन्धित

Related Posts

तपाईको प्रतिक्रिया

Copyright © 2015 ::NA Media Pvt. Ltd.::