विश्व भरि स्थापित स्याङ्गजा सहयोग समाजको छाता सँस्था स्याङ्गजा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समितिको प्रधान कार्यालय स्याङ्गजाको क्षेत्र नम्बर १ मा पर्ने पुतली बजार नगर पालिकाको स्याङ्गजा बजारमा संचालन भएको छ ।
स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समितिको केन्द्रिय कार्यालय पुतलीबजारमा स्थापना भएको छ । जिल्ला प्रशासन कार्यालयद्वारा जारी स्वास्थ्य मापदण्डको परिधिभित्र रहँदै विश्वभर छरिएर रहेका सम्पूर्ण स्याङ्जावासीहरुको उक्त छाता संगठन अन्तर्राष्ट्रिय समन्वय समितिको केन्द्रिय कार्यालय जिल्ला सदरमुकाम पुतलीबजारमा स्थापना भएको हो । सो संस्थाका अध्यक्ष टुकराज अर्यालको अध्यक्षता तथा स्याङ्जा जिल्ला निर्वाचन क्षेत्र नम्बर १ का सभासद नारायणप्रसाद मरासिनीको प्रमुख आतिथ्यमा समाजका संस्थापक अध्यक्ष अनन्तकुमार श्रेष्ठ, प्रमुख सल्लाहकार प्रकाश श्रेष्ठ, संस्थापक सदस्य एवं पत्रकार ओमप्रकाश शर्मा, रेडियो स्याङ्जाका प्रमुख रमेश गोदार, समाजका अग्रज व्यक्तित्व, सल्लाहकार कार्यसमितिका पदाधिकारी लगायतको उपस्थितिमा उद्घाटन सम्पन्न भएको छ । कार्यक्रमकै दौरानमा स्याङ्जा सहयोग समाज अन्तराष्ट्रीय समन्वय समितिको एक करोड बराबरको अक्ष्यकोष निर्माण तथा संस्थाको आफ्नै भवन निर्माण गर्ने भन्ने विषयमा कार्यक्रमका प्रमुख अतिथि सभासद नारायण मरासिनीले आफ्नो तर्फबाट आवश्यक आर्थिक तथा कानूनी पहलसहित सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । कार्यक्रममा संस्थाका वरिष्ठ उपाध्यक्ष भोला पौडेल, सचिव मीन क्षेत्री, कोषाध्यक्ष खगेन्द्र गैह्रे, सहकोषाध्यक्ष धर्म पराजुली, महिला संयोजक निर्मला तिवारी, युवा संयोजक ओमकार पोख्रेल, कार्यसमिती सदस्य चिरिन्जिवी ढकाल, पदेन सदस्य अजामत अली, सल्लाहकार धनन्जय लम्साल, भेषराज पराजुली, हरिप्रसाद अर्याल, मोहन खनाल लगायत करिब २५ जनाको उपस्थिती रहेको थियो । साथै, औपचारीक कार्यक्रमको सञ्चालन संस्थाका सचिव मीन क्षेत्रीले गरेका थिए । स्रोत : ओमकार पोख्रेल स्याङ्गजा
सम्बन्धित
Related Posts
कपिलवस्तु बाणगंगा ११ मा कांग्रेसका नरेन्द्र चौधरी प्यानल सहित विजयी
सिरानचोक गोर्खामा मुस्लिम समुदायले भब्यताका साथ मनाए इद पर्व
काठमाडौंमा एकै परिवारको पाँच जनाले गरे आत्महत्याको प्रयास, एक जनाको मृत्यु
कर्मचारीको जिम्मामा जाँदै स्थानीय निकाय
राष्ट्रिय टोपी दिवस मनाईदै
वैदेशिक रोजगारीमा जाने तयारीमा रहेका ९ जना बलात्कारको आरोपमा पक्राउ
वैदेशिक रोजगारले समाजमा निम्त्याएको यौन कुण्ठा छताछुल्ल
तपाईको प्रतिक्रिया