साँखु शालीनदीमा एक महिने माधव नारायण ब्रत सुरु,स्वस्थानी व्रत कथा प्रारम्भ,

सोमवार, माघ ७, २०७५

साँखु शालीनदीमा एक महिने माधव नारायण ब्रत सुरु,स्वस्थानी व्रत कथा प्रारम्भ,

पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म विधिपूर्वक गरिने स्वस्थानी व्रत तथा कथा वाचन सुरु भएको छ । आजबाट हिन्दु धर्मावलम्बीहरुले बिहान माघ स्नान गरी मध्यान्नकालमा महादेवको पूजा गर्ने र बेलुकी ‘स्कन्द पुराण’को केदार खण्डअन्तर्गत माघ महात्म्यको कुमार अगस्त्यबीच भएको संवाद सुन्ने र सुनाउने चलन छ । स्वस्थानीको व्रत बसी कथा भन्ने र सुनाउने गरे मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ ।

काठमाण्डौंको साँखु स्थित शालीनदी मा महिनाभर मेला र माधवनारायण स्वस्थानी व्रत हुने छ। शालिनदी सुधार समिति ले पत्रकार सम्मेलन गरि  मेला लाई ब्यबस्थित गर्न सबै तयारि गरिएको जनाएको छ। शंखरापुर नगरपालिका ले सबै निकाय संग समन्वय गरि शान्तिसुरक्षा,यातायात,मेला ब्यबस्थापन को कार्य अघि बढ्ने उक्त पत्रकार सम्मेलन मा जानकारी दिईएको थियो ।

काठमाडौं बाट १७ कि.मी उत्तरपुर्ब मा अवस्थित एतिहासिक नगरी साँखु मा हुने शालिनदि मेला मा लाखौ भक्तजनहरु पुग्ने गर्दछन । निकै कठोर नीति नियम मा रहेर बस्नु पर्ने एक महिने माधबनारायण ब्रत मा यसपाली २२० जना ब्रत बस्नेहरु रहेको समिति ले जनाएको छ ।

सम्बन्धित

Related Posts

तपाईको प्रतिक्रिया

प्रतिकृया दिनुहोस

Your email address will not be published. Required fields are marked *


Copyright © 2015 ::NA Media Pvt. Ltd.::