स्व.पर्शुराम मिश्र को १३ औ पुण्यथितिमा साउदीमा श्रद्धाञ्जली कार्यक्रम आयोजना

शनिबार, अशोज २४, २०७७

एन.ए मिडिया

स्व.पर्शुराम मिश्र को १३ औ पुण्यथितिमा साउदीमा श्रद्धाञ्जली कार्यक्रम आयोजना

साउदी अरब मा सामाजिक अभियन्ता एवं ब्यबसायी स्वर्गीय  पर्शुराम मिश्र को निघन भएको १३ दिने पुण्यतिथिमा श्रदान्जली कार्यक्रम आयोजना गरियो ।प्रबासी नेपाली एकता मंच ले साउदी अरबको रियाद र दमाम मा श्रद्दान्जली सभा आयोजना गरेको हो स्व.मिश्र मंच का केन्दीय सदस्य थिए।

रियाद मा आयोजित सभामा उपश्तितीहरु ले स्व. मिश्रको तस्बिरमा पुस्पार्पण तथा दिप घुप प्रज्ज्वलन गरेका थिएमंचका सचिब राजु खनाल ले उनको जीवनीको  बारेमा स्मरण गरेका थिए साथै केन्द्रीय सदस्य कमल महत ले मिश्रको अनुकरणीय कार्यहरुको बिस्तारपुर्बक चर्चा गरेका थिए तथा  केन्द्रीय सदस्य बिमल गौतम ले  मंचको विस्तारमा उनले पुर्याएको योगदानको बारेमा प्रकाश पारेका थिए। बिहान देखि अपराह्न ४ बजे सम्म श्रद्धाञ्जली दिने समय मिलाईएको थियो ।

यसैगरी दम्माममा मा आयोजित श्रद्दान्जली सभाको सभापतित्व मंचका अध्यक्ष शिबराज जैसी ले गरेका थिए। कार्यक्रममा केन्द्रीय सदस्य रामचन्द्र वाग्ले,कमल शाही निर्मल,यम लामा,ओम घले,रुपक वाइबा लगायत ले श्रदान्जली दिदै स्व.मिश्रको जीवनका बिभिन्न आयामहरूको बारेमा स्मरण गरेका थिए ।

स्वर्गीय पर्शुराम मिश्र को जन्म तनहुँ जिल्लाको रिस्बी गा बि स मा बुबा भानुभक्त मिश्र र आमा भक्तिमाया मिश्र को कोखबाट बि.स. २०२१ कार्तिक २५ गते का दिन भएको थियो ।बि सँ २०४९ मा बैदेशिक रोजगारीको सिलसिलामा उनि साउदी अरब आएका थिए। उनको ब्यबसायिक यात्रा  रियाद मा सगरमाथा रेष्टुरेन्टको संचालन संगै सुरु भएको थियो निधनपूर्व मिश्र  सगरमाथा समुहको सस्थापक ,सनराइज ग्रुपको सस्थापक , युरोटक कन्सलटेन्सीको प्रबन्धक थिए ,उनको  ब्यबसायिक समुह ले हाल ३० भन्दा बढी नेपालीहरुलाइ रोजगार दिएका छ ।स्व.मिश्र एनआरएनए साउदी अरब, अफ नेपाल,प्रबासी नेपाली मंच लगायतका संघ संस्थाहरु को संस्थापक सदस्य साथै बिभिन्न संघ संस्थाको महत्वपूर्ण जिम्मेवारी मा रहेका थिए

स्व.मिश्र ले नेकपा मशाल बाट राजनैतीक यात्राा सुरु गरी २०४८ सालमा तत्कालिन नेकपा एमालेको संगठित सद्स्यता प्राप्त गरेका थिए । स्वर्गिय मिश्रका एक श्रीमती तीन छोरा र एक छोरी छन।

सम्बन्धित

Related Posts

तपाईको प्रतिक्रिया

प्रतिकृया दिनुहोस

Your email address will not be published. Required fields are marked *


Copyright © 2015 ::NA Media Pvt. Ltd.::