केहि महिना अघि सामाजिक संजाल विचरण गरि रहेको थिए,खोटांग हलेसी महादेव दर्शन समन्धी सामाग्रीमा आँखा पर्यो ,अनायासमा हलेसी महादेवको दर्शन गर्न जाने इच्छा जागृत भयो र मनैमा जाने निधो पनि गरियो । हाम्रो तिर कहावत छ देबस्थानमा जाने भनेर गरेको भाकल पुरा नगरेमा राम्रो गर्दैन,त्यहिँ भएर हत्तपत्त कतै जाने भनेर भाकल गरिन्न ...
दशैँ बिदाको सदुपयोग गरि जाने निधो गरियो । पहिलो पटक जादै गरेको र यात्रा सहजताको लागी खोटांग हलेसी महादेव समन्धी सामाग्रीहरु विधुतीय संचार माध्यमहरुमा खोज्ने काम गरियो । त्यहाँ सम्मको दुरी २२० किमी रहेको,बाटो ठिकठिकै रहेको र पुग्न मोटामोटी ६/७ घण्टा लाग्ने बुझियो । एक रात बास बसी भोलि समय मै घर फर्कन सकिने भन्ने बुझियो ।
दशैँ टिका को तेश्रो दिन कार्तिक १ गते बिहान अर्धाङ्गिनी रमा देबी श्रेष्ठ र बल्खु निवासी दाजु मनोज राजभण्डारी को साथमा बिहान ८.३० बजे घर बाट प्रस्थान गरियो । हिड्ने बेला सिमसिमे पानी परि रहेको थियो,हाम्रो मा सिमसिमे पानी लागी शुभ संकेत मानिन्छ ।
हुन् त म मौसम बिभाग ले केहि दिन अबिरल बर्षा हुने भनेर जारी गरेको सुचना प्रति अध्यावधिक थिए तर जे जस्तो अवस्था होस जाने भनेर हिडियो । जोखिम मोलेकै अर्थमा लिउ।
हुन त यात्राको रोमान्चकता त्यहिँ भित्र लुकेको जस्तो लाग्यो....
बीपी राजमार्ग का बिभिन्न स्थानहरु मा आराम गर्दै अगाडी बढयौ ।खुर्कोट बाट बिपी राजमार्ग लाई छोडेर अर्कै मार्ग तर्फ मोडीयौ । खुर्कोट बाट ६० कि मी को दुरीमा उदयपुर घुर्मी पुग्नु थियो । घुर्मीमा बडेमानको खोलामा पुल आधाउधि बन्दै अलपत्र रहेको खोला बाट जानु पर्ने देखेर उदेक र अचम्म लाग्यो । लापरबाही को चरम रुप।खोला तर्नु जोखिम पूर्ण नै थियो ।खोला को बिचमा पसल राखेर ब्यबसाय गर्दै गरेको दृश ले भने रोमान्चित गरायो ।
ओखलढुंगा कटे पछी खोटांग जिल्ला सुरु भयो र अन्तिम ३० किमी छिचोल्नु पर्ने बाकी रह्यो । दिउसोको ४.३० बजेको थियो स्थानीय संग बुझ्दा बाटो साँघुरो र अप्ठ्यारो रहेको र बिस्तारै जानुस है भन्ने सुझाब पाईयो । उकालो कच्ची बाटो मा बाईक चलाउने अनुभब भएको ले त्यति गाहारो भएन तर साँघुरो मोड ले गति सिमित गरायो । जादै गर्दा झमक्क रात पर्यो । पुग्नु थियो जे जसरि भए पनि लम्कियौ । साँझ ७ बजे खोटांग हलेसी पुगियो बस्ने बासस्थानको जोहो गरेर बसियो ।
हामी त्यहाँ पुगेर खाना खाई वरी घुम्न निस्कन मात्र के लागेका थियौ बर्षा सुरु हुन थाल्यो अझ त्यहि बेला बिजुली गुल । हाम्रो मोबाईलको ब्याट्री अन्तिम अवस्थामा के आई लाग्यो जस्तो अवस्था ...
भोलिपल्ट कार्तिक २ गते उठ्दा पानी अझ दर्किरहेको थियो । बिहान खोटांग हलेसी महादेवको दर्शनको लागी गयौ । दर्शन गर्दा मनोकामना पुरा भएको मा भगवान प्रति कृतज्ञता व्यक्त गरियो । धन्य महसुस भयो,गुफा मा रहेको मन्दिर र वरिपरीको दृश्य ले मोहित बनायो ।
दर्शन त भयो अविरल बर्षा ले गर्दा फर्कने पो कसोरी हो भन्ने सोचमा पर्यौ हामी । आज यतै बसौ भोलि जाँदा कसो होला भन्ने कुरा पनि निस्कियो,त्यहिँ बेला त्यहाँ ब्यबसाय गरि बस्ने दाजु ले केहि हुन्न फर्कदा हुन्छ भन्ने सुझाब दिनु भयो । उनको सुझाब पछी जे पर्छ फर्कने सोचमा पुग्यौ र भारी बर्षाको बीच प्लास्टिक लाई थप रेनकोट बनाई खप्त्याई हलेसी महादेव को आशिर्वाद साँचेर बिदा भयौ ।
झम्झमी पानीमा रुझ्दै अघि बढ्दै थियौ । हिजो आउँदा अप्ठ्यारो लागेको फर्कदा बाटो सहज लाग्यो खुसि लाग्यो तर १० कि.मि तल के झरेका थियौ खहरे खोला उर्लेर उधुम,धन्य स्थानीय व्यक्तिको सहयोग ले पार पाईयो र यात्रा अधि बढयो अब अगाढी के हुने हो भन्ने सोच्दै अघि बढेको अर्को ३० किमी अघि के बढेका थियौ ।
अघिल्लो भन्दा नि ठुलो खहरे खोला हाम्रै प्रतिक्षामा रहेको आभास भयो । त्यहाँ १०/१५ वटा मोटर साईकल र दर्जनौ गाडी खहरे खोला पार गर्न नसकी रोकिई रहेको थियो । ल अब परेन त बित्यास भन्ने जस्तो भयो अर्को तर्फ त्यहाँ को दृश्य देखेर मन रोमान्चित भई रहेको थियो । मेरो साधन त्यहाँ रहेका ५/६ जनाको सहयोग ले खहरे खोला पार निकै नै मुस्किल ले पार गराईयो,श्रीमती लाई पनि पार त गराईयो तर संगै हिडेका मनोज दाजु पारी नै,परेन त फसाद पछी उहाँ पनि बल्ल बल्ल पार हुनु भयो र यात्रा अघि बढ्यो ।
बर्षा ले ठाउँ ठाउँमा पहिरो जादै थियो यात्रा कठिन बनाउदै थियो यधपी मनमा कुनै डर थिएन । जे होला राम्रै होला जस्तो भावना मन मा आयो,अझ सजिलो यात्रा त के रोमाञ्चक गाह्रो साह्रो पो भन्ने जस्तो लाग्यो तर आफ्नै आँखा अगाडी मात्र १० मिटरको दुरीमा बडेमानको ढुंगा पहिरो बाट खस्दा मन झसङ्ग भयो,बचायौ भगवान भन्ने जस्तो लाग्यो ।
जब उदयपुर घुर्मी आई पुग्यौ तब त्यहाँ अफरातफरीको माहोल थियो । पहिला आएको बाटो बन्द रहेको र फर्कन असम्भब देखिएको प्रहरी बाट जानकारी प्राप्त भयो । फर्कन बैकल्पिक बाटो बुझ्दा ४३ कि.मि पार गरेर कटारी पुग्ने र त्यहाँ बाट फर्कन सकिने बुझियो यात्रा नरोक्ने निश्चित गरेर हिडेका हामी त्यो बाटो भई अघि बढ्यौ । कच्ची जर्जर अझ अविरल बर्षा ले बाटो को अवस्था जोखिमपूर्ण थियो,अझ ५ किमी मात्र के आएका थियौ सयौ गाडीको लस्कर देख्दा मन भरंग भयो । के हो कसो हो जस्तो लाग्यो,बाईक भएको ले अघि बढ्न सकियो । अगाढी हेर्दा त् दलदल मा गाडी फसेको ले बाटो अबरुद्द भएको थियो । बाटो अवरुद्द हुँदा गाडी भित्र रहेका लालाबाला को अवस्था देख्दा उदेक लाग्यो । ल छिट्टै बाटो खुलोस भन्ने कामना गरेर अघि बढियो केहि अगाढी मात्र के बढेका थियौ अर्को बडेमानको खहरे खोला हामीलाई कुरी रहेको रहेछ । अघि बढ्ने निश्चय गरेर हिडेका हामी त्यो खहरे खोला पनि पार गरेर अघि बढयौ । ४३ कि.मिको बाटो ४.३० घण्टामा पार गरेर बल्ल बल्ल कटारी पुगियो र बास त्यहिँ बस्यौ ।
भोलि पल्ट ३ गते भिमानको बाटो भएर काठमाडौं फर्कने यात्रा मा लागियो । बाटो राम्रो थियो ‘ल अब आराम ले पुगिने भयो’ भन्ने जस्तो लाग्यो,जुन भ्रम मात्र रहेछ । भिमान बाट १० किमी अगाढी के आएका थियौ पहिरो ले गर्दा बाटो अबरुद्द हुँदा अर्को अबरोध आईलाग्यो । धुलिखेल सम्म आउँदा ४ ठाउँमा यस्तै अबरोध देखियो । धुलिखेल आईयो ल अब आराम ले काठमाडौं पुगियो भन्ने लाग्या थियो,त्यो खुसी बनेपा पुग्न नपाउदै टुट्यो ।लामो गाडीको लाईन केहि कि.मि पार गर्न घन्टौ लाग्यो बल्ल बल्ल राती ८ बजे २ रात ३ दिनमा साँखु घर पुग्दा बल्ल सन्तोषको सांस फेरियो ।
समग्रमा चुनौतिपूर्ण,रोमाञ्चकता ले भरिपुर्ण अविस्मरणीय यात्राको रुपमा खोटांग हलेसी महादेवको यात्रा रह्यो।निरन्तरको बर्षा ले प्राकृतिक सुन्दरता संग पैठजोरी खेली मोबाईलमा कैद गर्ने उत्कंथ चाहना भने पुरा हुन् सकेन,जसको मालाल रहने छ।
यात्राको क्रम मा ओखलढुंगा र खोटाङ मा चिया पसलमा दुध भएको चिया माग्दा रउसी भए छ दुध भएको चिया त छैन भन्ने जवाफ जताततै सुन्न पाईयो,सायद गाई भैसी पालन नगर्दा रहेछन।कालो बंगुर चाहि बेल्गेत्री रहेछन,राईहरुको बस्ति भएको ले होला भन्ने लाग्यो।कटारी पुग्न १० किलोमिटर वारी मान्छे नै उडाउला जसोरी चलेको हावा र त्यहाँ बाट नजिकै देखेको कटारी बजार पुग्न डेढ घण्टा लाग्दाखेरि को रोमाञ्चकता छुट्टै ।
निश्चय गरे पछी जस्तो सुकै अफ्ठ्यारो अवस्था पनि पार गर्न सक्ने क्षमता भगवान ले दिने रहेछ जस्तो लाग्यो र साथै यात्रा भनेको नै अनिश्चयको ... रहेछ ,गन्तब्य नपुगे सम्म कसो कसो.....
लेखक एन ए मिडिया का प्रधान सम्पादक हुन्।काठमाडौं जिल्ला शंखरापुर न.पा-७,साँखु का स्थाई बासिन्दा हुन् ।
तपाईको प्रतिक्रिया