हेमाले रुँदै भनिन्– ‘छविले मलाई २६ वर्षसम्म रुवायो, यी अपराधी हुन् जेल हालेरै छोड्छु’ (भिडियाे)

सोमवार, साउन २७, २०७६

हेमाले रुँदै भनिन्– ‘छविले मलाई २६ वर्षसम्म रुवायो, यी अपराधी हुन् जेल हालेरै छोड्छु’ (भिडियाे)

अभिनेत्री शिल्पा पोखरेलले आफूमाथि घरेलु हिंसा भएको भन्दै निर्माता छविराज ओझासँग डिभोर्सका लागि प्रक्रिया चालिरहँदा छविकी जेठी श्रीमती हेमा ओझाले उनीहरुविरुद्ध बहुविवाहको मुद्दाको प्रक्रिया अघि बढाइरहेकी छिन् ।

हेमाले साउन ५ गते आइतबार शिल्पा र छवि दुवैलाई तत्काल पक्राउ गरेर कारवाही अघि बढाउन महानगरीय प्रहरी वृत्त गौशालामा बहुविवाहको उजुरी दिएकी थिइन् उजुरी दर्ता भएपछि शिल्पा र छवीलाई पक्राउ गर्न आदेश दिएको थियो । अहिले दुवै फरार छन् । अहिले मुद्दा उच्च अदालतसम्म पुगेकाे छ ।

उच्च अदालतले पनि पक्राउ गर्न आदेश दिइसकेको अवस्थामा छविकी जेठी श्रीमती हेमाले आफूलाई छविले २६ वर्षसम्म रुवाएको भन्दै सजाय दिलाएरै छोड्ने दाबी गरेकी छिन् ।

एक युट्युब च्यानलमा अन्तर्वार्ता दिने क्रममा हेमाले छविलाई साथ दिएको भन्ने टिकाटिप्पणीको खण्डन गर्दै पहिला प्रमाण नभएका कारण चुप लागेर बसेको र हाल प्रमाण प्राप्त भएपछि छविलाई सजाय दिलाउनतिर लागेको बताईन् । यो मामिलामा छवि–शिल्पा दुवैको गल्ती भएको उनको भनाइ छ ।

Image result for chabi wife hema ojha

आफूले बोलाएको समयमा घर आउने, बच्चाहरुको लालनपालनका लागि खर्च दिने, न्वारन, व्रतबन्ध लगायतमा सरिक हुने, छोराहरुलाई पढाइदिने भएका कारण अर्को विवाहको हल्ला चलेपनि, शंका लागेपनि आफूले रुनुबाहेक केही गर्न नसकेको हेमाले गुनासो गरिन् ।

‘‘गीताञ्जलीसँग उहाँको अफेयर चलेको समयमा मैँले उहाँलाई काठमाडौंबाट घरमै बोलाएर परिवारसँगै राखेर कुरा गरेको थिएँ । त्यो बेला उहाँले ‘फिल्म् लाइन हो, हल्ला चलिहाल्छ नि । प्रमाण देखाउन’ भन्नुभयो । परिवारले पनि ‘विना प्रमाण कसरी भन्ने, चलचित्र लाइन हो, अलिअलि हल्ला त चलिहाल्छ नि’ भन्नुभयो । त्यसैले म रोएर चुप बसेँ । चित्त बुझाएँ’’, हेमाले भनिन् ।

हेमाले थपिन्, ‘मिडियामा छविविरुद्ध शिल्पाको उजुरी र विवाहदर्ताबारे ज्यादा चर्चा भएपछि मैँले छोरो लगाएर प्रमाण खोजेँ । म पनि त त्यसको श्रीमती हुँ नि ! उसँग छुट्टीएकी पनि छैन । मैँले न्याय पाउनुपर्दैन ? मलाई सरकारले न्याय दिलाउनुपर्छ । ती दुई छोरा उनैका हुन् । म पनि उनैको श्रीमती हो । उनले कमाएको सम्पत्ति खाने यी दुई छोरा र म नै हो । खोज्छु नि न्याय, दिलाउँछु सजायँ ।’

शिल्पाले मिडियामा आएर आफ्नो र परिवारको इज्जत उछालेको उनको आरोप छ । उनि भन्छिन्, ‘शिल्पाले मिडियामा आएर म र मेरा छोरा, परिवारमाथि आरोप लगाइन् । हाम्रो इज्जत उछालिन् । जबकि म २६ वर्षदेखि सहेर बसेकी थिएँ । आफ्नो इज्जतमा दाग लागेको कसरी सहनु ? शिल्पाले हाम्रो जिन्दगीमा जहर घोलेकी छिन् । त्यसैले न्याय खोज्दै हिँडेकी हुँ म ।’

आफूले २६ वर्षदेखि पीडा खेपेको कसैले नदेख्ने, उनका एक वर्षको पीडा चाहीँ सबैले सुन्नुपर्ने ? म चाहीँ सधैँ अन्यायमै बस्नुपर्ने भन्दै उनले प्रश्न गरिन् । शिल्पाले आफ्नै गल्तीका कारण दुःख, पीडा खेप्नुपरेको पनि उनले स्पष्ट पारिन् । अर्काका श्रीमानसँग विवाह गर्दा कुनैपनि नारीले १० पटक सोच्नुपर्ने उनको भनाइ छ ।

‘भगवान् पनि रहेछन् । उनले मलाई साथ दिए । उनीहरुको सय दिन आउँदा मेरो पनि एक दिन त आयो नि । अब मलाई न्याय चाहियो । आज म रुन्छु । मेरो आत्मा रोएको छ । साँच्चै रोएको छ । मलाई निकै पीडा दिएका छन् ती बुडाले । समाज त छन् नि मेरा । सबैले देखेका छन् मेरो पीडा । म यीनीहरुलाई छोड्दिन । मेरो आत्मा दुख्यो । इन्साफ भगवानले दिन्छन् यीनीहरुलाई । महाभारतमा जस्तै सत्यको विजय हुन्छ, हुन्छ । यीनीहरुलाई म थुनाएरै छोड्छु । जतिबेला पनि यीनीहरुले मलाई पीडा दिने ? मैँले संसारमा बाँच्न पाउँदिन ? यीनीहरु अपराधी हुन् । सजाय पाउनैपर्छ’, हेमाले भनिन् ।

भिडियाेः 

सम्बन्धित

Related Posts

तपाईको प्रतिक्रिया

प्रतिकृया दिनुहोस

Your email address will not be published. Required fields are marked *


पोपुलर


Copyright © 2015 ::NA Media Pvt. Ltd.::