हेल्प मधेशी,साउदी अरबको आयोजनामा ‘होली बिशेष कार्यक्रम’ साथै दोश्रो महाधिवेशन हुदै 

शुक्रबार, माघ २४, २०७६

एन.ए मिडिया न्युज डेस्क

हेल्प मधेशी,साउदी अरबको आयोजनामा ‘होली बिशेष कार्यक्रम’ साथै दोश्रो महाधिवेशन हुदै 

१३ मार्च,२०२० शुक्रबारका दिन कार्यक्रम हुने.....

हेल्प मधेशी,साउदी अरब ले कार्यक्रमको आयोजना गरि सांस्कृतिक पर्ब होली मनाउने भएको छ। प्राप्त जानकारी अनुसार आगामी मार्च १३,शुक्रबारका दिन होली पर्ब साथै दोश्रो महाधिवेशन समेत हुने छ ।

साउदी अरबमा क्रियाशील अन्तर्राष्ट्रिय संस्था हेल्प मधेशी ले बिगतका बर्षहरु मा समेत होलि पर्ब मनाउने गरेको थियो ।

एनए मिडिया संगको कुराकानीमा हेल्प मधेशी साउदी अरबका महासचिब श्याम कुमार महतो ले आज सम्पन्न कार्यसमिति बैठक ले दमाम स्थित डल्लाह,इस्तारामा कार्यक्रम गर्ने टुंगो लगाएको जनाएका छन। बिगतका वर्षहरु मा जस्तो यो बर्ष पनि होली केन्द्रित गीत संगीत सहित कार्यक्रम आयोजना हुने र संघ संस्था,ब्यबसायी.सामाजिक अभियन्ताहरु को साथ सहयोग हुने अपेक्षा लिएको समेत जनाए।

हालै का दिनमा साउदी अरबमा कार्यक्रमहरु जुध्ने र असमन्जस्यता देखिने गरेको ले सो दिन  जुध्ने गरि  कार्यक्रम नराखिदिन समेत आग्रह गर्न चाहेको जनाए ।अन्तर संस्था समन्वय समिति सहयोगी संस्थाको रुपमा रहने जानकारी दिदै महतो ले सांस्कृतिक पर्ब लाई भव्यतापुर्बक मनाउन समेत आग्रह गरेका छन। होली पर्बका साथै संस्थाको दोश्रो महाधिबेशन समेत हुने र नयाँ कार्यसमिति घोषणा हुने समेत उनले  जनाए।

सम्बन्धित

Related Posts

तपाईको प्रतिक्रिया

प्रतिकृया दिनुहोस

Your email address will not be published. Required fields are marked *


Copyright © 2015 ::NA Media Pvt. Ltd.::