ह्याण्डबलको फाइनलमा नेपाली महिला टोली भारतसँग भिड्ने

शनिबार, मंसिर २१, २०७६

दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग) अन्तर्गत ह्याण्डबलमा कठोर मेहनतका साथ नेपाली महिला टोली पहिलोपटक फाइनलमा प्रवेश गरेको छ।

आज भएको सेमिफाइनल खेलमा पाकिस्तानलाई २२–२१ गोल अन्तरले पराजित गर्दै नेपाली महिला टोलीले पहिलोपटक फाइनलको यात्रा तय गरेको हो। टोलीले उपाधिका लागि आइतवार भारतसँग भिड्नेछ। खेलमा नेपालका लागि उमा राईले सर्वाधिक ११ गोल गरिन्।

आजै भएको महिला ह्याण्डबलको पहिलो सेमिफाइनल खेलमा भारतले बंगलादेशलाई ४१–१३ गोल अन्तरले जित हासिल गर्दै फाइनल पुगेको छ। भारतका लागि सर्वाधिक गोल उमा र सोनिकाले समान ६ गोल गरे। बंगलादेश र पाकिस्तान आइतवार कास्य पदकका लागि खेल्नेछन्। १२ औँ संस्करणको महिला ह्याण्डबलमा भारत स्वर्ण पदक विजेता र बंगलादेश रजत पदक विजेता हो।

सम्बन्धित

Related Posts

तपाईको प्रतिक्रिया

प्रतिकृया दिनुहोस

Your email address will not be published. Required fields are marked *


Copyright © 2015 ::NA Media Pvt. Ltd.::