११ वर्षिया छोरीकाे मोबाइल आमाबाबुले हेर्दा उड्याे होसहवास

बिहिबार, फाल्गुन १५, २०७६

एजेन्सी

११ वर्षिया छोरीकाे मोबाइल आमाबाबुले हेर्दा उड्याे होसहवास

 चीनमा एक महिलाले नयाँ मोवाइल फोन किनेपछि पुरानो फोन ११ वर्षकी छोरीलाई खेलाउन दिइन् । त्यस बेलादेखि त्यो फोन छोरीको खेलौनाहरुको एक हिस्सा बन्यो । छोरी दिनहुँ त्यो फोन खेलाउँथिन् । आमाबाबुले छोरीले फोनमा के गर्दैछिन् भन्नेतर्फ चासो दिएका थिएनन् । ६ महिनापछि उनीहरुलाई थाहा भयो कि छोरीले फोनमा के गर्दिरहिछिन् । छोरीको कर्तुतले उनीहरुको होसहवास उडेको छ ।

घटना हुबेइ प्रान्तको जिंगझोउ सहरको हो । यहाँकी लुंग नामकी महिलाले नयाँ फोन किनेपछि पुरानो फोन ११ वर्षकी छोरीलाई खेलाउन दिएकी थिइन् । सुरुसुरुमा छोरीले यसमा गेम खेल्थिन् । फोन चालु अवस्थामा भएकोले एक दिन उनले आफ्नै फोनबाट बाहिरबाट नास्ता मगाइन् । यसको पैसा तिर्नको लागि उनले आमासँग बैंकको पिन कोड मागिन् । त्यसपछि भने उनलाई बैंकको पिन याद रहन्थ्यो ।

विस्तारै उनले पुरानो फोनमा इन्टरनेटमार्फत लाइभ स्ट्रिमिङ शो हेर्न थालिन् । यस्ता शोहरु हेर्न पैसा तिर्नुपथ्र्यो । उनले आमाबुवाको बैंक खाताको पिन नम्बर प्रयोग गरेर बैंकबाट पैसा ति’र्दै शो हेर्न थालिन् । यस्ता शो हेर्न उनले मोटो रकम फोनबाटै तिर्न थालिन् । मातापिता भने यसबाट पूरै अञ्जान थिए । यतिमात्र होइन उनले फोनमै अनलाइन भिडियो गेम पनि खेल्न थालिन् । यो सब गरेर उनले मातापिताको बैंक खाताबाट करिब ११७ लाख रुपैयाँ खर्च गरिन् ।

पुरानो फोनमा पैसा तिरेको नोटिफिकेशन आउँदैनथ्यो त्यसैले मातापिताले यति ठूलो रकम खर्च भएको थाहा पाएनन् । करिब ६ महिनापछि मातापिताले आफ्नो बैंक स्टेटमेन्ट हेर्दा बल्ल खाताबाट १७ लाख रुपैयाँ बे’पत्ता भएको थाहा भयो । त्यसपछि लुंगले प्रहरीमा रिपोर्ट लेखाउँदै एक जना कानुन व्यवसायी पनि लिएका छन् ताकि यो पैसा फि’र्ता पाउन सकियोस् ।

यससम्बन्धि विज्ञका अनुसार लुंगले यो पैसा फिर्ता पाउन सक्छिन् तर यसका लागि उनले प्रमाणित गर्नुपर्छ कि यो रकम उनकी नाबालिका छोरीले नै खर्च गरेकी हुन् । वयस्कले खर्च गरेकोमा भने यो रकम फिर्ता आउँदैन ।

सम्बन्धित

Related Posts

तपाईको प्रतिक्रिया

प्रतिकृया दिनुहोस

Your email address will not be published. Required fields are marked *


पोपुलर


Copyright © 2015 ::NA Media Pvt. Ltd.::