१७ वटा हाइड्रोपावर कम्पनीका शेयरधनी चुर्लुम्मै डुबे, तपाईलाई डुबाउने कम्पनी कुन हो ?

शुक्रबार, साउन ९, २०७७

१७ वटा हाइड्रोपावर कम्पनीका शेयरधनी चुर्लुम्मै डुबे, तपाईलाई डुबाउने कम्पनी कुन हो ?

पछिल्लो समय हाइड्रोपावर कम्पनी लगानीकर्ताको रोजाइमा पर्न छाडेको छ । नियामक निकायको अभाव र हाइड्रोपावर कम्पनी भित्र आर्थिक सुशासन नहुँदा विस्तारै यो क्षेत्र लगानीकर्ताको रोजाइमा पर्न छोडेको हो ।

लगानीलाई प्रतिफल भन्दा पनि संचालक र व्यवस्थापन भित्र कसरी आर्थिक लाभ लिने नियतिले काम हुँदै गएकोले यो क्षेत्र लगानीकर्ताले रोजाइमा पर्न छोडेको लगानीकर्ताहरु बताउँछन् । जसले गर्दा अहिले दोस्रो बजारमा हाइड्रोपावर कम्पनीको शेयर मूल्य साधारण शेयर (आइपिओ)को मूल्य भन्दा कम छ ।

नेपला स्टक एक्सचेन्ज (नेप्से)मा ३३ वटा हाइड्रोवार कम्पनी सूचिकृत भई कारोबार भैरहेको छ । जसमा १७ वटा कम्पनीको शेयर मूल्य १ सय भन्दा कम छ । बाँकी प्राय सवै कम्पनीको शेयर मूल्य १ सय भन्दा केही माथि रहेको छ ।

सवै भन्दा धेरै चिलिमे जलविद्युत कम्पनीको शेयर भ्यालु धेरै । विहीबार चिलिमेको प्रतिकित्ता ४ सय रुपैयाँ रहेको छ । त्यो पनि विस्तारै घट्दैछ । १७ वटा मध्ये बाँकी हाइड्रोपावर कम्पनीको शेयर मूल्य प्रतिकित्ता १ सयदेखि ३ सयको विचमा रहेको छ । यो हुनु भनेका आजको दिनमा हाइड्रोपावरका लगानीकता मारमा पर्नुहो ।

आफूले लगानी गरेको शेयर भ्यालु प्राइमरी शेयर मूल्य भन्दा कम भएपछि लगानीकर्ताहरु दोस्रो बजारमा हाइड्रोपावरको शेयर किन्ने भन्दा पनि बेच्नेको ताँती देखिन्छ । हाइड्रोपावरको शेयर मूल्य अझै घट्ना पक्का छ । अहिलेको दिनमा हाइड्रोपावरका लगानीकर्ताले नाफा नदेखिएपछि धेरै घाटा खानु भन्दा धेरै घाटा खाएर यो जलविद्युत समूहबाट कसरी भाग्ने भनेर जुक्ती लगाइरहेका छन् ।

तसर्थ, लगानीकर्ता दोस्रो बजारमा हाइड्रोपावर कम्पनीको शेयर कम मूल्यमा भटाभट बेचिरहेका छन् भने प्राइमरी बजारमा निश्केका आइपिओ र हकप्रद शेयरलाई बहिस्कार गरिरहेका छन् । जस्तो माउन्टेन इनर्जी कम्पनी र लिवर्टी इनर्जी कम्पनीले निश्कासन गरेको आइपिओले बताउँछ ।

माउन्टेन इनर्जीको आइपिओमा आवेदन दिन लगानीकर्ता नभएपछि बारम्बार स्थगित हुँदै आएको छ भने लिवर्टी इनर्जीको आइपिओमा पनि लगानीकर्ताको आकर्षण देखिदैन । लगानीकर्ताले हाइड्रपावरको शेयरलाई पत्याउन छाडेपछि भोलीका दिनमा नयाँ हाइड्रोपावर कम्पनी बन्छ भन्नेमा संचालक समिति नै दोधारमा छन् ।

सम्बन्धित

Related Posts

तपाईको प्रतिक्रिया

प्रतिकृया दिनुहोस

Your email address will not be published. Required fields are marked *


पोपुलर


Copyright © 2015 ::NA Media Pvt. Ltd.::