२५ नेपाली श्रमिक विगत ४५ दिन देखि साउदी अरवको रियाध स्थित याक्जीट २६ मा अलपत्र ,उद्दारको गुहार माग्दै

आइतवार, बैशाख २५, २०७९

एन ए मिडिया न्युज डेक्स -बाल कृष्ण पंगेनी

२५ नेपाली श्रमिक विगत ४५ दिन देखि साउदी अरवको रियाध स्थित याक्जीट २६ मा अलपत्र ,उद्दारको गुहार माग्दै

साउदी अरवको रियाद शहरमा पर्ने एक्जीट २६ मा करीव ४५ दिन देखि २५ नेपाली श्रमिक अलपत्र अवस्थामा रहेका छन्  ।

वैदेशिशिक रोजगारमा गई आफु तथा आफ्नो परिवारलाई सुखी भविस्बय बनाउने आशामा १४०,०००  देखि १७५ ,००० (एक लाख चालिस हजार देखि एक लाख पचहत्तर हजार) मेनपावर कम्पनीमा तिरेर सात महिना अगाडी साउदी अरव रियाध आई पुगेका २५ जनाको जीवन अहिले एसी बिना र खाना पिना विनाको बनेको पिडित मध्यका एक जना ज्ञानु बुढा मगरले एन ए मिडियालाई फोन मार्फत जानकारी गराएका छन्  ।

विगत १०अक्टुबर २०२१  मा रियादमा केरी फोर को भिसा भनेर १२००+२०० सम्झौता गरी आएका २५ जनाको साउदी आएर रसील अप्रेशन एण्ड मेन्टेनेन्स नामक सप्लाई कम्पनी मा काम परेको र सम्झौतामा भएको काम सुबिधा  १००% नमिल्दा नमिल्दै पनि सहमतिमा ८ महिना काम गरि सक्दा पनि पारिश्रमिक,अकमा समयमा पाउन नसक्दा बस्ने बासको र मानवलाई दानवीय व्यवहार हुन् लागे पछी २५ जनाले नै काम बन्द गर्न वाध्य भएको र काम बन्द गर्ना साथ कम्पनीले सडकमा निकाली दिएको कारण विदेशको ठाउमा अलपत्र र कष्टकर जीवन विताउन परेको अर्का पिडित रोहनले दुखेसो पोखेका छन्  ।

अहिले २५ जना रियाध स्थित याक्जीट २६  मा  तीन एसी बिनाको रुम तथा संघ सस्थाले दिएको खानाको भरमा रहेका छन्  ।

अलपत्र पर्नेमा ज्ञानु बुढा दांग,प्रविन आले मगर धनुषा ,संजीव ठाकुर सर्लाही, सुजन पौडेल तेह्रथुम, सिप सुमै नवलपुर् ,नव राज चौधरी कंचनपुर , धन बहादुर थामी रामेछाप अल साहिद ओभरसीज प्रा लि ( Al Shahid Oversease Pvt.Ltd ) बाट ८ जना  दिनेश नेपाली गोर्खा,विवश नेपाले गोर्खा ,राजेश नेपाली गोर्खा , लोक बहादुर राना गोर्खा, गगन थापा तनहु,कुमार भण्डारी नवलपुर , होम मल्ल नवलपुर , सुदिप थापा सल्यान,परशुराम के सी रोल्पा, गोपाल कार्की खोटांग,नविन हिंग मांग उदयपुर , बिनोद घिमिरे ललितपुर,राम साखा राई काभ्रे,होम नाथ थारु कपिवस्तु,अशोक चौधरी नवलपरासी,सौरभ कुमार गुप्ता सर्लाही वीसडम हुमन रिसोर्स प्रा लि ( Wisdom Human Resoursh Pvt.Ltd ) बाट १६ जना  र राजेश कुमार यादव सप्तरी द अल खलिज (The Al Khaleej) १  जना रहेका छन् ।

उद्दारका लागि  मेंन पावर कम्पनीलाई लाख कोशिस गरे पश्चात अहिले  एक जना मेनपावर डारेक्टर रियाध आएको तर वस्ने,खाने ,व्यवस्थापनमा कुनै सहयोग नगरे पश्चात सघ सस्थाले दिएको खाने कुराले जीवन धान्दै नेपाल सकुशल उद्दार गरिदिन नेपाली दुतावास रियाधमा निबेदन पनि दिएको तथा बहिर्तगमन भिसाको लागि फारम भरे पनि अहिले सम्म कुनै नतिजा नदेखिएको पनि पिडित बताउछन ।

यी २५ जना  पीडितका साना उदाहरण हुन् साउदी अरवमा दमाममा ४५ जना रियाधको मल्लाजामा १३ जना जेद्दामा ४ जना र साकाकामा ६ जना, जेलका समस्या , महिला तथा घरेलु समस्या यो प्रक्रिया कहिले सम्म किन कमजोरी कहा भएको छ लाखौ श्रमिक रहने ठाउमा केही समस्या प्राकृतिक हुन्छन तर यहा सकुशल मानवलाई चन्द पैसाको लागि पशुवत व्यवहार तथा मृत्युको मुखसम्म पुर्गयाउने काम गरिएको छ  ।

देशका युवा शक्ति जसले आफु उभिएको ठाउबाट आफ्नो देशको भलो चाहन्छन तिनीहरुको रिमिटेन्सको हिस्साले देश चल्न मदत गर्छ तिनीहरुलाई नै भेडा बाख्रा सरह हरियो पासपोर्ट रूपी लाईसेन्स बनाएर कहिले सम्म वेच्छौ कोरोनाको कहर पछी विगत १ वर्ष देखि मौलाएको साउदी अरवको श्रमिक समस्यामा नेपाल सरकार , नेपाली दुतावास रियाध, कन्सुलेट जनरल जेद्दा लगाएत गैर आवासीय नेपाली संघ साउदी अरव लगाएत साउदीमा रहेका हरेक संघ संस्था गम्भीर हुन् जरुरी देखिन्छ ।

र नेपाल सरकारले सही अनुगमन गरी धोका दिने, श्रमिकहरुलाई दुख दिने, काईदा कानुनमा नचल्ने वैदेशिक रोजगार अन्तर्गतका सवै मेनपावरलाई कारवाहीको दायरा ल्यावस वैदेशिक रोजगारीमा अलपत्र अवस्थामा रहेका सबै श्रमिकहरुले मेन पावर तथा नेपाल सरकारको तर्फबाट शिघ्र उद्दार होस्  तथा महसुस गर्न सकुन जय होस् ।

सम्बन्धित

Related Posts

तपाईको प्रतिक्रिया

पोपुलर


Copyright © 2015 ::NA Media Pvt. Ltd.::