
मङ्लबार, पुस १२, २०७३
श्री कृष्ण श्रेष्ठ"धौबजी"-NA Media
नेपाल सरकारद्वारा कालो सुचिमा राखिएका कम्पनीहरुमा कामदार पठाउन रोक ।।
साउदी अरबमा पछिल्लो समयमा देखिएको श्रमिक समस्या र उजुरीको चांगको बीच धेरै नेपाली कामदारहरु समयमा तलब,सुबिधा नपाई खान बस्ने एबम न्यूनतम मानबिय आबश्यकता पुरा गर्न पनि समस्या भोग्नु पर्ने समस्या रहेकोमा सो को रोकथामको लागी नेपाली दुताबास एबम नेपाल सरकारले प्रारम्भिक कदम चालेको छ।
साउदी अरब स्थित २६ रोजगार दाता कम्पनिहरुलाई कालो सुचीमा राखी भबिष्यमा नेपाली कामदार ल्याउन रोक लगाएको छ ।
"नेपाली दुताबासको सिफारिसमा नेपाल सरकार ले लामो समय देखि श्रमिक समस्या र उजुरी परेर समस्या समाधानमा पहल गर्दा समेत गैर जिम्मेवार ब्यबहार/असहयोगको कारणले समाधान हुन नसकी समस्या ज्यु का त्यू रहेर पिडितहरुको समस्या समाधान हुन नसकेका एबम अव्यवसायिक कम्पनीहरु लाई कालो सुचीमा राखी भबिष्यमा ति कम्पनीहरुमा थप नेपाली कामदार पठाउने बन्देज लगाउने निर्णय नेपाल सरकार ले लिएको छ ।"
नेपाली दुताबासले बिकराल बन्दै गएको श्रमिक समस्या समाधानका हेतु समाधानका उपाय पहिल्याउने उदेश्य ेविभिन्न फोरममा क्रियाशील संघ,संस्थाहरु,ब्यबसायीहरु,सामाजिक अभियन्ताहरु संग छलफल गर्दै आएको थियो र प्राय: छलफलमा उजुरी परि समस्या समाधानमा जानाजानी असहयोग गर्ने बदनियत वाला कम्पनिहरुमा थप कामदार पठाउन रोक्नु पर्ने कुरा जोरदार रुपमा उठ्थ्यो।
साउदी अरबलाई मुख्य क्षेत्र बनाई बैदेशिक रोजगार ब्यबसायमा क्रियाशील रहेका बाल कृष्ण श्रेष्ठले ब्यबसायी र दुताबास बीच को छलफलमा आफुले समेत सो बारेमा सल्लाह दिएको र दुताबास को सिफारिसमा कालो सुचीमा राख्ने निर्णय ले सकारात्मक संदेश प्रबाह गर्ने एन ए मिडिया संगको छलफलमा बताउनु भयो ।
नेपाल सरकारको निर्णय ले कम्तिमा समस्याग्रस्त कम्पनीहरुमा थप कामदार आई फस्न सक्ने सम्भावना लाई पन्छाएको छ। जुन समय मुताबिक सहि हो ।
Copyright © 2015 ::NA Media Pvt. Ltd.::
तपाईको प्रतिक्रिया