३३ किलो सुन तस्करीमा संलग्न खड्कालाई यूएई बाट नेपाल ल्याइयो

शनिबार, असार २७, २०७७

३३ किलो सुन तस्करीमा संलग्न खड्कालाई यूएई बाट नेपाल ल्याइयो

चर्चित ३३ किलो सुन तस्करी प्रकरणमा मुछिएका हरिशरण खड्कालाई काठमाडौं ल्याइएको छ । डेढ वर्ष अघि यूएई प्रहरीले पक्राउ गरी नेपाल प्रहरीलाई जिम्मा लगाउने क्रममा शनिबार काठमाडौं ल्याइएको हो । इन्टरपोलमा रेडकर्नर नोटिस जारी भएपछि यूएईमा पक्राउ परेका खड्कालाई आवश्यक कानूनी प्रक्रिया पुरा काठमाडौं ल्याइएको नेपाल प्रहरीले जनाएको छ ।

उनलाई काठमाडौं उत्रिएपछि गौशाला प्रहरीको जिम्मा लगाइएको प्रहरीका केन्द्रीय प्रवक्ता निरजबहादुर शाहीले जानकारी दिए । उनका अनुसार आवश्यक कागजात मिलाउँदा खड्कालाई काठमाडौं ल्याउन समय लागेको हो ।

उनी २०७५ माघमा यूएईमा समातिएका थिए । साढे ३३ किलो सुन तस्करीमा जोडिएका फरार अभियुक्त खड्का संयुक्त अरब इमरेट्सको दुबईमा पक्राउ परेका छन् । खड्का सनम शाक्य हत्यासँगै केन्द्रीय अनुसन्धान व्युरोले समातेको ३३ किलो सुन प्रकरणमा समेत जोडिएका व्यक्ति हुन् ।

उनीविरुद्ध रेड नोटिस जारी भएको थियो । उनी झण्डै १४ वर्षअघि कामदारमा रुपमा दुबई पसेका थिए । दुबईबाटै उनले सुन तस्करीको कारोबार सुरु गर्दै गिरोहकै नाइकेको रुपमा उदाएका थिए । खड्कासहित प्रकरणमा संलग्न १२ जनाविरुद्ध अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) मा रेड नोटिस जारी भएको थियो । काभ्रे घर भएका ४२ वर्षीय खड्का यूएईमै बस्दै आएका थिए ।

सम्बन्धित

Related Posts

तपाईको प्रतिक्रिया

प्रतिकृया दिनुहोस

Your email address will not be published. Required fields are marked *


पोपुलर


Copyright © 2015 ::NA Media Pvt. Ltd.::