३ सय ८० ग्राम सुनसहित विमानस्थलबाट १ पक्राउ

मङ्लबार, भदौ २४, २०७६

एन ए मिडिया न्युज डेस्क

३ सय ८० ग्राम सुनसहित विमानस्थलबाट १ पक्राउ

३ सय ८० ग्राम अवैध सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक व्यक्ति पक्राउ परेका छन् ।

सुनसहित पक्राउ पर्नेमा कर्मा टासी रहेका छन् । टासीलाई त्रिभुवन विमानस्थल भन्सारमा चेकजाँचका क्रममा सोमबार नियन्त्रणमा लिइएको हो । टासी बैंककबाट नेपाल वायु सेवा निगमको उडानमार्फत काठमाडौं झरेका थिए ।

भुवन भन्सार कार्यालय स्रोतले अवैध सुनसहित पक्राउ परेका टासीबारे अनुसन्धान भइरहेको जनाएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भएर लामो समयदेखि अवैध सुन भित्रिने गरे पनि नियन्त्रणमा आउन सकेको छैन ।

 

सम्बन्धित

Related Posts

तपाईको प्रतिक्रिया

प्रतिकृया दिनुहोस

Your email address will not be published. Required fields are marked *


Copyright © 2015 ::NA Media Pvt. Ltd.::