सुगर नियन्त्रण गर्ने ७ उपाय

मङ्लबार, पुस १३, २०७८

सुगर नियन्त्रण गर्ने ७ उपाय

अहिले खानपिन र जीवनशैलीमा ध्यान नपुर्याउने मानिसमा मधुमेहको जोखिम बढ्दो छ।मिठो,मसिनो र शारीरिक परिश्रम नगर्ने र बढी आराम गर्ने मानिसमा मधुमेहको जोखिम हुने गर्दछ। यसले जुनै उमेर,बर्गको मानिसलाई गाज्न सक्छ।

मधुमेह हुनुमा खानपान र जीवनशैली जिम्मेवार हुन्छ ।अस्वस्थकर खानपान र जीवनशैली नै मघुमेह रोग लाग्ने सम्भावनाका कारक हुन ।यस्तोमा मधुमेह वा ब्लड सुगर लेभललाई कसरी नियन्त्रण गर्ने त् ??

१.नियमित बिहान र साँझ १५ मिनेट हिड्ने गरेमा ब्लड लेभल नियन्त्रण हुन्छ त्यसैले मधुमेह रोगीको लागी हिडडुल गर्नु राम्रो ब्यायाम हो।

२.मधुमेह रोगीले दैनिक कम्तिमा दुई लिटर पानी पिउनु पर्दछ ।यसले मधुमेहको स्तर नियन्त्रण गर्न सघाउ पुर्याउछ।

३.मधुमेहका बिरामी ले पालुंगो,करेला,लौका जस्ता तरकारी खानु उपयोगी हुन्छ ।यसमा कम क्यालोरी हुनुका साथै भिटामिन सी,म्यागनेसियम धेरै हुन्छ।

४.ब्लड सुगर स्तर नियन्त्रण राख्न मेथीको सेवन उपयोगी हुन्छ ।एक चम्चा मेथीको चुर्ण तातो दुधमा मिलाएर पिएमा यसले ब्लड सुगर स्तर नियन्त्रण गर्दछ।

५.ताजा फलमा भिटामिन ए र सी हुन्छ,जसले रगत र हड्डी स्वस्थ राख्छ यसका साथै जिंक,पोटासियम.आयरन.फाईबर पनि हुने भएको ले ब्लड सुगर लेभल नियन्त्रण गर्छ।

६.नियमित खानामा जौको प्रयोग गर्दा पनि ब्लड सुगरको स्तर नियन्त्रण हुन्छ। जौमा फाईबरको मात्रा अधिक हुन्छ यसले ग्लुकोजको स्तरलाई मोताबोलाइजा गर्न मद्दत गर्छ।

७.शरिरमा भिटामिन डी को कमि ले इन्सुलिनको मात्रा बढ्छ। यसैले सहि मात्रामा भिटामिन डी लिनु पर्छ जसले ब्लड सुगरको लेभल कम गर्छ।

सम्बन्धित

Related Posts

तपाईको प्रतिक्रिया

Copyright © 2015 ::NA Media Pvt. Ltd.::