
आइतवार, असार १२, २०७९
विश्वकप फुटबल आउदो नोभेम्बर २१ बाट कतारमा हुदै छ विश्वकपको पुरा खेल तालिका सार्बजनिक भई सकेको छ । छनौट हुन् सफल ३२ टोलीलाई एक समुहमा ४ टोली गरेर ८ समुहमा विभाजन गरिएको छ ।
अर्जेन्टिना फुटबल जगतमा ठुलो ईतिहास बोकेको रास्ट्र हो । हरेक पुस्तामा विश्वकै उत्कृस्ट खेलाडीहरु उत्पादन गरेको अर्जेन्टिना ले हालसम्म २ विश्वकप जित्न सफल भएको छ । अन्तिम पटक अर्जेन्टिना ले सन् १९८६ आ सर्बकालिन फुटबलका स्टार डियेगो म्याराडोनाको कप्तानीमा विश्वकप जितेको थियो । पछिल्लो समय सन् २०१४ मा अर्जेन्टिना विश्वकप को निकै नजिक पुगेको थियो जब मेस्सीको कप्तानीमा रहेको अर्जेन्टिना फाईनलमा जर्मन संग १-० ले पराजित भएको थियो ।
गत समर मा २८ बर्ष पछी प्रमुख अन्तर्राष्ट्रिय उपाधीको रुपमा २०२१ कोपा अमेरिका जितेको थियो,जुन बिश्व फुटबल ईतिहास कै सर्वश्रेष्ठ खेलाडीमा गणना हुने मेस्सीको अर्जेन्टिनाको लागी पहिलो अन्तर्राष्ट्रिय उपाधी रहेको थियो ।
अर्जेन्टिना को रास्ट्रीय जर्सीमा कुल ८६ गोल गरेका मेस्सीको लागी सम्भवत यो विश्वकप अन्तिम विश्वकप हुनेछ ।खेलप्रेमीहरु को मनमा खेलिरहेको बिषय
के उनले अर्जेन्टिना लाई उपाधी जिताउन सफल होलान त ?
Copyright © 2015 ::NA Media Pvt. Ltd.::
तपाईको प्रतिक्रिया