युवाको विदेश पलायन रोक्नु चुनौती बन्यो : देउवा

नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले युवाहरूलाई विदेशिनबाट रोक्न एसियाली मुलुकहरूको साझा अवधारणासहितको व्यवस्थापनको खाँचो रहेको औँल्याएका छन् । काठमाडौँमा आजदेखि सुरू छैटौँ एसियाली जनसंख्या सम्मेलनको उद्घाटन समारोहलाई सम्बोधनका क्रममा सभापति देउवाले युवाको विदेश पलायन रोक्नु नै चुनौतीको विषय भएको बताउँदै यसतर्फ साझा व्यवस्थापनको खाँचो रहेको औँल्याए । ‘नेपालको सवालमा ठूलो संख्यामा युवा अवसरको […]
कपिलवस्तु डान्स आईडलको अडिसन सुरु

१५ औँ कपिलवस्तु महोत्सवको मुख्य आकर्षणका रुपमा रहेको १३ औं कपिलवस्तु डान्स आईडलको अडिसन सुरु भएको छ । शनिबार कपिलवस्तु उद्योग बाणिज्य संघको सभाहल चारनम्बरमा अडिसन सुरु भएको डान्स आईडल संयोजक विष्णु मल्लले जानकारी दिईन् । शनिबार भएको अडिसनमा २५ जना सहभागीले नृत्य प्रस्तुत गरेको उनले जानकारी दिईन् । उनका अनुसार २५ जना सहभागीमध्ये ६ […]
लुम्बिनी सरकारले जटिल रोग लागेका बिरामीलाई दुई लाख रुपैयाँ सहयोग गर्ने

लुम्बिनी सरकारले जटिल रोग लागेका बिरामीका लागि दुई लाख रुपैयाँ सहयोग गर्ने भएको छ । लुम्बिनी प्रदेशमा स्वास्थ्य उपचार विशेष आर्थिक सुविधा निर्देशिका २०७८ (पहिलो संशोधन २०८१) कार्यान्वयनमा आएपछि जटिल रोग लागको बिरामीले यस्तो सहयोग पाउने भएका हुन । प्रदेशका १२ जिल्लाका स्वास्थ्य कार्यालयमार्फत मुटुको भल्व फेर्ने, क्यान्सर उपचार र मिर्गौला प्रत्यारोपण गर्ने बिरामीलाई दृष्टिगत […]
११ वटा एयरलाइन्सले हवाई भाडादरको विवरण बुझाए

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान गर्ने ११ वटा एयरलाइन्सले हवाई भाडादरको विवरण संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई बुझाएका छन् । अन्तर्राष्ट्रिय उडानमा कृत्रिम अभाव सिर्जना गरी यात्रुलाई दुःख दिएको गुनासो बढेपछि पर्यटन मन्त्रालयले अन्तर्राष्ट्रिय उडान गर्ने हवाई कम्पनीलाई २४ घण्टाभित्र भाडादर उपलब्ध गराउन अस्ति बुधवार निर्देशन दिएको थियो । त्यही निर्देशनबमोजिम एयरलाइन्सले हिजो मन्त्रालयलाई […]
इन्डियन प्रिमियर लिग (आईपीएल) आउँदो मार्च १४ मा शुरू हुने

इन्डियन प्रिमियर लिग (आईपीएल) संस्करण अर्को वर्षको मार्च १४ देखि शुरू हुने भएको छ । आईपीएलले आज तीन सिजनका लागि मिति सार्वजनिक गर्दै सन् २०२५ को आईपीएलले मार्च १४ देखि शुरू हुने बताएको हो । आईपीएल २०२५ को फाइनल मे २५ मा हुनेछ । यस्तै सन् २०२६ को सिजन मार्च १५ देखि मे ३१ सम्म […]
महोत्सवकै आकर्षण ‘ग्रीन नर्सरी’

ढकमक्क फुलेका फूलहरु, किन्ने र अवलोकन गर्नेको भिडभाड । विभिन्न प्रजातीका फूलका विरुवा बेच्न भ्याईनभ्याई छ कमान सिंह दर्लामीको परिवारलाई । कपिलवस्तुको बुद्धभूमि नगरपालिका २ गोरुसिंगेमा संचालित चौथो बुद्धभूमि महोत्सवमा दर्लामीको ग्रीन नर्सरी मुख्य आकर्षण बनेको छ । महोत्सव स्थलमा पुग्नसाथ स्टलनम्बर २, ३, ४ र ५ मा रहेको ग्रीन नर्सरीले सबैको ध्यान तानेको हो […]
अन्तरदेशीय उडानको प्रतीक्षामा पोखरा विमानस्थल

उद्घाटन भएको दुई वर्षमा केही ‘चार्टर’ उडान भएपनि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तरदेशीय उडान हुनसकेको छैन । सन् २०२३ को जनवरी १ मा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गरेको यस विमानस्थल अन्तर्राष्ट्रिय उडानको प्रतीक्षामा छ । झण्डै २२ अर्ब रुपैयाँ ऋणमा बनेको यस विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान हुन नसक्दा राज्यले अपेक्षित लाभ लिन सकेको छैन […]
प्रधानमन्त्री ओलीसँग भारतीय सेना प्रमुख द्विवेदीको भेट

नेपाल भ्रमणमा रहेका भारतीय सेना प्रमुख उपेन्द्र द्विवेदीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंंहदरबारमा भएको भेटमा प्रधानमन्त्री ओलीले नेपाल र भारतका सेनापतिबीच मानार्थ महारथीको आदानप्रदानको मौलिक परम्पराको निरन्तरता भएकामा खुसी व्यक्त गरे । उनले दुई मुलुकबीचको सहकार्य र सम्बन्धलाई थप विस्तार गर्नुपर्नेमा जोड समेत दिए । सेनाध्यक्ष द्विवेदीले […]
गर्भावस्थाको पाँचौं महिना कस्तो हुन्छ ?

डा.सविता थापा प्रसुती तथा स्त्री रोग विशेषज्ञ गर्भावस्थाको पाँचौं महिनामा गर्भमा रहेको बच्चाले हलचल गर्न थाल्छ । जसले आमालाई मीठो नौलो अनुभूति दिन्छ । बच्चाको तीव्र रुपमा भइरहेको विकासले यो महिनामा हल्का दुखाइ र असहज हुनसक्छ । जुन सामान्य हो । पाँचौं महिनाको अन्त्यसम्म गर्भावस्थाको आधा समय पार भइसकेको हुन्छ । यो महिनादेखि महिलाले बढी […]
सिम्रौनगढका निमित्त प्रशासकीय अधिकृत ७८ हजार घुससहित पक्राउ

बाराको सिम्रौनगढ नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्र प्रसाद साह कानु ७८ हजार घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, हेटौडाबाट खटिएको टोलीले उनलाई ७८ हजार घुससहित पक्राउ गरेको हो । बिल भुक्तानी गरेबापत सेवाग्राहीसँग घुस माग गरिरहेको उजुरी आधारमा उनलाई पक्राउ गरिएको आयोगका प्रवक्ता नरहरि घिमिरेले बताए । पक्राउ परेका उनलाई […]