छैटौ माघी खिचडी महोत्सव २०८१ आयोजना हुदै आयोजक थारु कल्याणकारीणी सभा नगर समिति

कपिलवस्तु ओदारी बाणगंगा नगर पालिका ११ स्थित देउवापार बगैचा नजिकको खेल मैदानमा छैटौ माघी खिचडी महोत्सव २०८१ आयोजना हुन् लागेको हो । आयोजक थारु कल्याणकारी सभा नगर समिति बाणगंगा कपिलवस्तु र सह आयोजकमा बाणगंगा नगर पालिका र अन्तर्गतका सबै वार्ड कार्यालयहरु रहेको आयोजक कमिटिले एन ए मिडियालाई जानाकारी दिएको छ । महोत्सव माघ २ गते […]
सौराहाको हात्ती महोत्सवमा जंगली हात्तीको प्रवेश गरेपछि भागाभाग, पुरस्कार वितरण कार्यक्रम स्थगित

चितवनको सौराहामा जारी हात्ती महोत्वसमा जंगली हात्ती प्रवेश गरेको छ । अन्तिम दिन आज महोत्सव स्थलमा जंगली हात्ती मकुना प्रवेश गरेको हो । बाघमारा सामुदायिक वनको चौरमा रहेको हात्ती महोत्सव समापन समारोह चलिरहँदा कार्यक्रम स्थलमा जंगली हात्ती प्रवेश गरेको हो । कार्यक्रम स्थलबाट हात्ती धपाउने प्रयास भइरहेको छ । तर, मकुना फर्कीफर्की आइरहेको छ । […]
हङकङबाट काठमाडौं आएको नेपाल वायुसेवाको जहाजमा अचेत भेटिएका व्यक्ति मृत घोषित

नेपाल वायुसेवा निगमको जहाजमा हङकङबाट आएका एक यात्रुलाई अस्पताल पुर्याएसँगै मृत घोषणा गरिएको छ । निगमको आरए ४१० उडानमार्फत् हङकङबाट काठमाडौं आउने क्रममा जहाजभित्रै अचेत ताप्लेजुङका देउमान लिम्बुलाई एयरलाइन्सका कर्मचारीले आफन्तको जिम्मा लगाएको निगमका प्रवक्ता रमेश पौडेलले जानकारी दिए । ‘उहाँ जहाजभित्र अचेत अवस्थामा भेटिएको र आफन्तहरू रिसिभ गर्न विमानस्थलमै आएको पाइएको छ,’ पौडेलले भने, […]
बाजुरा केन्द्रविन्दु बनाएर ५.२ रेक्टरको भूकम्प.

बाजुरा केन्द्रविन्दु बनाएर आज बिहान ५ रेक्टर स्केलको भूकम्प गएको छ । बाजुराको जगन्नाथ गाउँपालिकास्थित गोत्री केन्द्रविन्दु बनाएर ५.२ रेक्टरको भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ । शनिबार बिहान ४:१४ मा भूकम्प गएको थियो । भूकम्प गएपछि स्थानीयहरु त्रशित भएका छन्। भूकम्पबाट भएको क्षतिको भने एकिन विवरण आइसकेको छैन ।
वर्षमा १४९२ नेपालीको वैदेशिक रोजगारीमा मृत्यु, महिला ११६

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) ले श्रमिकहरू वैदेशिक रोजगारीको लागि व्यक्तिगत सम्पर्कको माध्यमबाट विदेशिने प्रवृत्ति बढेकोप्रति चिन्ता व्यक्त गरेको छ। मंगलबार काठमाडौंमा अन्तर्राष्ट्रिय प्रवासी श्रमिक दिवसको अवसरमा आयोजित पत्रकार सम्मेलनमा जिफन्टले वैदेशिक रोजगारीको लागि श्रमिकहरू एजेन्सीमार्फत जानुको सट्टा व्यक्तिगत सम्पर्कको माध्यमबाट विदेशिने प्रवृत्ति बढ्नु डरलाग्दो संकेत भएको बताएको हो। आर्थिक वर्ष २०८०/८१ मा ३ लाख […]
सरकारका प्रवक्ता भन्छन् : प्रधानमन्त्रीको भ्रमणमा धेरै सदस्य देखिएको मात्रै हो

सरकारको प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रधानमन्त्री केपी शर्मा ओलीको भ्रमणमा धेरै सदस्य नरहेको बताएका छन् । यही मंसिर १० गते बसेको मन्त्रिपरिषदको बैठकले गरेका निर्णयहरू सार्वजनिक गर्ने क्रममा गुरुङले यस्तो बताएका हुन् । प्रधानमन्त्री ओली यही मंसिर १७ गतेदेखि चार दिने चीन भ्रमण गर्दैछन् । प्रधानमन्त्रीको भ्रमण टोलीमा निजी क्षेत्रबाट […]
संबृद्दि बचत तथा ऋण सहकारी संस्था लिमिटेड को १३ औ बार्षिक साधारण सभा सम्पन्न

कपिलवस्तु,संबृद्दि बचत तथा ऋण सहकारी संस्था लिमिटेडको तेह्रो बार्षिक साधारण सभा शनिवार सम्पन्न भएको छ । संस्थाका अध्यक्ष दिल्ली राज अर्यालको अध्यक्षतामा भएको समारोहका प्रमुख अतिथि बाणगङ्गा नगरपालिकाका निवर्तमान मेयर मंगल प्रसाद चौधरी , विशेष अतिथिमा संस्थाका निबर्तमान अध्यक्ष दिल्ली राज भुसाल ,विशिष्ट अतिथिमा समाजसेवी देव राज अर्याल, सोमनाथ अर्याल,बाणगङ्गा नगरपालिकाका ११ का वार्ड सदस्यहरु […]
शुद्धोधन १ उपनिर्वाचन हुदै दुई सयभन्दा बढी सुरक्षाकर्मी परिचालन

कपिलवस्तुको शुद्धोधन गाउँपालिका वडा नं. १ को उपनिर्वाचनमा दुई सयभन्दा बढी सुरक्षाकर्मी परिचालन हुने भएको छ । यही मङ्सिर १६ गते हुने वडाध्यक्षको निर्वाचनमा ३ स्थानमा ६ वटा मतदान केन्द्रमा ३० कर्मचारी परिचालन गरिने सहायक निर्वाचन अधिकृत अमरबहादुर ओलीले बताउनुभयो । प्रत्येक निर्वाचन केन्द्रमा पाँच जना कर्मचारी र एक जना स्वयंसेवक खटिने उहाँको भनाइ छ […]
‘कन्या राशी’बाट बद्री पंगेनीकी छोरी बिहानीले गरिन् अभिनयमा डेब्यु

गायक बद्री पंगेनीले नयाँ गीतमार्फत धार्मिक र सामाजिक भातृत्व र सहिष्णुताको सन्देश दिने प्रयत्न गरेका छन् । गीतको बोल छ- ‘कन्या राशी ।’ १६ मिनेट लामो यो गीत कुनै म्युजिक भिडियो भन्दा पनि ‘म्युजिकल फिल्म’ बढी हो जहाँ कथानक फिल्म निर्माणका लागि आवश्यक सबै आधारभूत ब्याकरणीय तत्व मिसाइएको छ । यो म्युजिकल फिल्ममा हिन्दु युवती […]
कालीगण्डकी खेल महोत्सवमा सात सय जनाकाे प्रतिस्पर्धा

स्याङ्जाको कालीगण्डकी गाउँपालिकामा ‘छैटौं अध्यक्ष कप तथा कालीगण्डकी खेल महोत्सव’ हुने भएको छ । दक्ष र क्षमतावान खेलाडी उत्पादन गर्ने उद्देश्यका साथ गर्न लागिएको महोत्सवमा विभिन्न खेलमा प्रतिस्पर्धा हुने गाउँपालिकाका अध्यक्ष खिमबहादुर थापाले जानकारी दिनुभयो । प्रतियोगितामा ७ खेलका २२ विधामा प्रतिस्पर्धा हुनेछ । झण्डै सात सय खेलाडी सहभागी हुने अध्यक्ष थापाको भनाइ छ । […]