कपिलवस्तु डान्स आईडलको अडिसन सुरु

ट्रेन्डिङ

१५ औँ कपिलवस्तु महोत्सवको मुख्य आकर्षणका रुपमा रहेको १३ औं कपिलवस्तु डान्स आईडलको अडिसन सुरु भएको छ । शनिबार कपिलवस्तु उद्योग बाणिज्य संघको सभाहल चारनम्बरमा अडिसन सुरु भएको डान्स आईडल संयोजक विष्णु मल्लले जानकारी दिईन् ।

शनिबार भएको अडिसनमा २५ जना सहभागीले नृत्य प्रस्तुत गरेको उनले जानकारी दिईन् । उनका अनुसार २५ जना सहभागीमध्ये ६ जना सहभागी बाहिरिएका छन् । बाहिरिएका ६ जनालाई आयोजकले प्रमाण पत्रसहित विदाई गरेको उनले बताईन् । डान्स आईडलका मुख्य निर्णायक हरिशरण रिजालले अब आगामी मंसिर १४ गते शुक्रबार दोस्रो चरणको अडिसन हुने जानकारी दिए ।

मंसिर १४ गते दोस्रो चरणको अडिसन हुनेछ । उक्त अडिसनमा आज सहभागी भएकाहरुले पनि प्रस्तुति राख्नेछन् भने केही आज उपस्थित हुन नसकेकाहरु समेत सहभागी हुनेछन्,’ उनले भने ।

आयोजकले आवश्यकता अनुसार अडिसन गराउँदै जाने जानकारी दिदैं उनले १५ जना सहभागीलाई छनोट गरी प्रतिस्पर्धीको रुपमा स्टेजमा उतार्ने योजना रहेको बताए । उनले अडिसनमा निकै प्रतिभावान र राम्रो सम्भावना बोकेका बालबालिकाको सहभागिता रहेको भन्दै खुशी व्यक्त गरे ।

उनले कपिलवस्तु डान्स आईडल लुम्बिनी प्रदेशकै एक प्रतिष्ठित आईडल भएको बताउँदै यस आईडलका प्रतिस्पर्धी देशकै गहना बन्ने बताए । उनले यस पटकको आईडललाई विगतको भन्दा पृथक बनाउन नविन अभ्यासहरुको थालनी गर्ने योजना रहेको बताए ।

१३ औं कपिलवस्तु डान्स आईडलको विजेताले नगद १ लाख ११ हजार १११ रुपैयाँसहित चाँदीको ट्रफी प्राप्त गर्ने छ भने उपविजेताले ७७ हजार ७७७, तृतीयले ५५ हजार ५५५ र सान्तवना हुनेले २५ हजार ५२५ रुपैयाँसहित ट्रफी र विभिन्न गिप्ट ह्याम्परहरु प्राप्त गर्ने छन् ।

१५ औँ कपिलवस्तु महोत्सव कृषि पर्यटन तथा औद्योगिक प्रदर्शनी कपिलवस्तु उद्योग बाणिज्य संघको आयोजनामा यही मंसिर १९ गतेदेखि पुष २ गतेसम्म बाणगंगा नगरपालिकाको बुद्धरंगशालामा हुदैंछ ।

थप समाचार

छैटौ माघी खिचडी महोत्सव २०८१ आयोजना हुदै आयोजक थारु कल्याणकारीणी सभा नगर समिति

January 14, 2025

अन्तर्राष्ट्रिय पत्रकार महासंघ गठन,अध्यक्षमा खनाल

January 8, 2025

जनवरी १,राष्ट्रिय पोशाक एवं टोपी दिवस मनाइयो

January 1, 2025